काठमाडौं । आगामी शनिबार अर्थात् फागुन २४ गते शनिबार भक्तपुरको सल्लाघारीमागायक सुशान्त केसीको कन्सर्ट आयोजना गरिएको छ । साढे २ वर्षपछि पहिलो पटक काठमाडौं उपत्यकामा ‘सुशान्त केसी लाइभइन नेपाल’नामक कार्यक्रम राखिएको हो ।
यो कन्सर्टको लागि सुशान्त यति बेला तयारीमा जुटेका छन् । १५हजारभन्दा धेरै दर्शक सहभागि गराउने लक्ष्य रहेको कन्सर्टमा अन्यचर्चित व्यक्तिहरूलाई पनि उपस्थित गराउने तयारी गायक केसीको छ ।
यसैबीच, काठमाडौं महानगरका मेयर बालेनलाई पनिकन्सर्टमा उपस्थित हुन गायक केसीले निम्तो दिएका छन् । आफूले बालेनलाई निम्तो दिएको र उनीकन्सर्टमा सहभागिहुने आशा राखेको सुशान्तले जानकारी गराएका छन् । गायक केसीले बालेन सँगको भेटबारे सामाजिक संजाल फेसबुकबाट जानकारी दिएका छन् ।
उनले लेखेका छन्, ‘मेयर बालेन शाहसँग राम्रो कुराकानी भयो । र्यापदेखि जिम्मेवारी सम्म । वास्तवमै लिजेन्ड । काठमाडौं कसरी अझजीवन्त र सुन्दर शहरमा विकसित हुँदैछ भनेर प्रशंसा गर्न पाउँदा सम्मानित महसुस भयो । आशा छ कन्सर्टमा भेट्नेछु ।’