बझाङमा फेरि भूकम्प

Ujyalosandeshonline 11020+ समाचार ( )
२८ पौष २०८०, शनिबार

बझाङ । बझाङमा फेरि भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार, शुक्रबार राति ११ बजेर ३२ मिनेट जाँदा ४ दशमलव ४ म्याग्निच्युडको  भूकम्पको गएको हो ।

भूकम्पको केन्द्र छविसपाथिभेरा गाउँपालिकाको पतालचौर आसपास रहेको भूकम्प मापन केन्द्रले जनाएको छ ।

सदरमुकाम चैनपुरमा भूकम्पले घरहरू हल्लिएपछि स्थानीयहरू खुला चौरमा निस्किएका थिए ।

बझाङमा गत असोज १६ गतेको भूकम्पपछि लगातार परकम्पको गइरहेको छ । भूकम्पविद्धहरुले पश्चिम नेपालमा ठूलो शक्ति सञ्चित रहेकोले जुनसुकै बेला ठुलो भूकम्प जानसक्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार