मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

जसपाको कडा कारबाही: मन्त्रीहरूसहित दर्जनाैँ जनप्रतिनिधि पार्टीबाट निष्कासित

Ujyalosandeshonline 12437+ समाचार ( )
१९ भाद्र २०८३, शुक्रबार

भैरहवा । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी निर्णय र अनुशासन उल्लंघन गरेको भन्दै लुम्बिनी प्रदेशका चारजना सांसदहरूलाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको छ। निष्काशित हुनेमा वर्तमान मन्त्रीहरू सन्तोष कुमार पाण्डेय र भण्डारीलाल अहिरसहित प्रदेश सांसदहरू हेमा बेल्बासे केसी र आदेशकुमार अग्रवाल हुनुहुन्छ।

ललितपुरको बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको निर्णयविपरीत प्रदेश सरकारको पक्षमा मतदान गरेको र सरकारमा सहभागी भएको भन्दै उहाँहरूमाथि कारवाही गरेको महासचिव डा. सुरेन्द्र कुमार झाले जानकारी दिनुभयो । पार्टीले लहान नगरपालिकाका उपप्रमुख राम चलित्तर महतो, प्रदेश सभा सदस्य निर्मला तावा, खोटाङका समन्वय समिति प्रमुख सन बहादुर राई, पालिका उपाध्यक्षहरू विनोद नेम्वाङ र गुरुराज राईलगायत दर्जनाैँ वडाध्यक्ष तथा सदस्यहरूलाई पनि निष्काशन गरेको छ।

यसैबीच, जसपा नेपालले भोटेकोशी बाढीप्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा २१ लाख रुपैयाँ सहयोग गर्ने, 'अग्रगामी मोर्चा' गठनलाई स्वागत गर्ने र भदौ २१ देखि २३ गतेसम्म विभिन्न जिल्लामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण सञ्चालन गर्ने निर्णयसमेत गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार