मुख्य समाचार
भैरहवामा लागूऔषध सेवन गरी सवारी चलाउने ८ चालक पक्राउ | अवैध रूपमा भारतबाट नेपाल भित्र्याइएका इलेक्ट्रिक स्कुटर नियन्त्रणमा | रुपन्देहीमा दुई दिनमा ९ लाख बराबरको अवैध सामान बरामद | निजामती विधेयकको मस्यौदा : मिश्रित संरचना, दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती | पश्चिम नवलपरासीमा व्यावसायिक मेवाखेती सुरु | तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ | लागुऔषध विरुद्ध तनहुँ प्रहरीको ‘स्विप अप्रेसन’: २७ जना पक्राउ | ओमसतिया गाउँपालिका पूर्ण खोप र शतप्रतिशत संस्थागत सुत्केरी सुनिश्चित स्थानीय तह घोषणा | तनहुँ बस दुर्घटना अपडेट : दुई जनाको मृत्यु, नौ जना गम्भीर घाइते | साँखुमा गोली चल्यो, तीन जना लागुऔषध कारोबारी प्रहरीको नियन्त्रणमा |

युरो कपः अस्ट्रियाद्वारा पोल्यान्ड ३–१ गोलले पराजित, फ्रान्स र नेदरल्याण्ड्सले अंक बाँडे

Ujyalosandeshonline 11070+ समाचार ( )
९ असार २०८१, शनिबार

काठमाडौं । युरो कप २०२४ को समूह चरणमा फ्रान्स र नेदरल्याण्ड्सले बराबरी खेलेका छन् । शुक्रबार राती जर्मनीको लाइप्जिङ रंगशालामा भएको खेलमा दुवै टिमले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

समूह डीमा रहेका यी दुई टिमले गोलरहित बराबरी खेल्दै तालिकामा एक –एक अंक थपेपछि दुवैको समान चार– चार अंक भएको छ । यो खेलमा फ्रान्सका स्टार खेलाडी केलियन एम्बाप्पे भने मैदान प्रवेश गरेनन् । अघिल्लो खेलमा नाकमा चोट बोकेका एम्बाप्पेले फेस सिल्ड लगाएर खेल्ने बताइए पनि नेदरल्याण्ड्सविरुद्ध उनलाई आराम दिइएको थियो ।  नेदरल्याण्ड्सका जाभी सिमोन्सले ६९ औं मिनेटमा गोल गरे पनि भिएआरले चेक गर्दा अफसाइड भएको पाएपछि गोलले मान्यता नपाउँदा अग्रता लिन सकेन ।  अन्ततः दुवै टिमले गोलरहित बराबरी नै खेले ।  

समूह डीकै अर्को खेलमा अस्ट्रियाले पोल्यान्ड्लाई ३–१ गोलले पराजित गरेको छ । अस्ट्रियाको जितमा जेनोट टुरनियर, क्रिस्टोफ बाउमगार्टनर र मार्को अर्नाउठोभिक एक एक गोल गरे । पोल्यान्डका लािग क्रिजस्टोफ पियाटेकले गरेको एकमात्र गोल सान्त्वनामा परिणत भयो ।

खेलको नौँ मिनेटमा जेनोटको गोलबाट अस्ट्रियाले सुरुआती अग्रता बनाएको थियो । तर, ३०औँ मिनेटमा क्रिजस्फोटले गोल गरेपछि पोल्यान्डले खेल १–१ को बराबरी अबस्थामा ल्याएको थियो ।

६६औँ मिनेटमा क्रिस्टोफले गोल गरेपछि अस्ट्रिया खेलमा २–१ ले अघि बढ्यो ।  ७८औँ मिनेटमा अस्ट्रियाका लागि कप्तान मार्कोले गोल गर्दै ३–१ जित दिलाए । जितसँगै दुई खेलबाट अस्ट्रियाले तीन अंक जोडेर तेस्रो स्थानमा छ । पराजित पोल्यान्ड भने युरोको समूह चरणबाटै विदा भएको छ ।  

त्यसैगरी समूह ‘ई’ को आफ्नो दोस्रो खेलमा युक्रेनले स्लोभाकियाविरुद्ध २–१ गोलको पुनरागमन जित हासिल गरेको छ । युक्रेनको जितमा माइकोला शापारेन्को र रोमन यारेमचुकले गोल गर्दा स्लोभाकियाको लागि इभान श्रान्जले एक गोल फर्काए ।

जितसँगै जारी यूरोकपमा युक्रेनले पहिलो जित हासिल गरेको छ । समूह ‘ई’ मा तीन अंकसहित युक्रेन दोस्रो स्थानमा उक्लिएको छ । युक्रेन पहिलो खेलमा रोमानियासँग ३–० ले पराजित भएको थियो भने स्लोभाकियाले बेल्जियमलाई १–० ले पराजित गरेको थियो ।

खेलको १७औँ मिनेटमा इभानले गोल गर्दै स्लोभाकियालाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफमा एक शून्य गोललेपछि परेको युक्रेनका लागि ५४औँ मिनेटमा माइकोला र ८०औँ मिनेटमा रोमनले गोल गर्दै २–१ पहिलो जित दिलाए । युक्रेनले समूह चरणको अनितम खेलमा २६ जुनमा बेल्जियमको सामना गर्ने छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार