यु १९ एसिया कपको उपाधि बंगलादेशलाई

Ujyalosandeshonline 12434+ समाचार ( )
१ पौष २०८०, आइतबार

काठमाडौं । यु १९ एसिया कप क्रिकेटको उपाधि बंगलादेशले जितेको छ । दुबईमा आज भएको फाइनलमा घरेलु टोली युएईलाई १९५ रनले पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो ।

समूह चरणमा पनि युएईमाथि बंगलादेश नै हावी भएको थियो । युएईले पाकिस्तान र बंगलादेशले भारतलाई सेमिफाइनलमा पराजित गर्दै उपाधि भिडन्त गरेका थिए ।

दुबईमा आज टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित ओभरमा ८ विकेट गुमाएर २८२ रन बनाएको थियो । बंगलादेशको सुरुआत राम्रो नभए पनि ओपनर अस्कुर रहमान सिवालीले शतकीय पारि खेलेका थिए ।

पहिलो विकेटको रुपमा जिसन आलम ७ रन बनाएर आउट भएपछि सिवाली र चोदुर मोहम्मद रिजवानले पारि सम्हालेका थिए । शिवालीले १२९ रनको शतकीय पारि खेल्दा चोदुर मोहम्मद रिजवानले ६० रनको साझेदारी गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार