मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

केपी ओली कप : लुम्बिनीको पहिलो जित, हिमाल फे्रेन्स शीर्ष स्थानमा

Ujyalosandeshonline 11009+ समाचार ( )
२९ चैत्र २०८१, शनिबार

पोखरा ।  पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप टी–२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको आठौं दिन वर्षाका कारण पहिलो खेल रोकिदा दोस्रो खेलमा लुम्बिनीले जित हासिल गरेको छ ।

मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा जारी प्रतियोगिताको समूह ‘सी’ तर्फ शनिबार पहिलो खेल कर्णाली एकेडेमी क्रिकेट क्लब र हिमाल फ्रेन्ड्स बिच हुने भनिएपनि वर्षाका कारण खेल नहुँदा दुवै टिमले १÷१ अंक बाडे । दुवै टिमको समान दुई खेलबाट समान ३÷३ अंक रहेपनि नेट रनरेटको आधारमा हिमाल फ्रेन्ड्स अघि रहँदै शीर्षस्थन हासिल गरेको छ । उसको १.१८१८ अंक रहँदा कर्णाली ०.८८२४ अंकका साथ दोस्रो स्थानमा रह्यो ।

दोस्रो खेललाई समेत प्रभाव पारेपछि १९ ओभरमा झारिएको थियो । दोस्रो खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लबले मधेश प्रदेश क्रिकेट क्लबलाई ५ विकेटले हरायो । १२९ रनको विजयी लक्ष्य पाएको लुम्बिनीले १८ ओभरमा ५ विकेट गुमाउँदै १३१ रन बनायो । ओपनर देव खनाल ४३ रनमा बोल्ड भए । उनले २३ बलमा ६ चौका र २ छक्का प्रहार गरे । रन्जित खत्रीले ५४ रनको अविजित अर्धशतकीय पारी खेल्दै टोलीलाई जित दिलाए । उनले ४५ बलको सामना गर्दा ५ चौका र २ छक्का प्रहार गरे । मोहम्मद हुसेन १३  रनमा नटआउट रहे । उनले ९ बलमा २ चौका प्रहार गरे ।  

प्रज्वल थापा शुन्यमै पेभिलियन फर्र्किए । सन्दिप राजाली १३, निश्चल चौधरी शुन्य, तुलबहदुर थापा ७ मधेशका लागि प्रदिप पासवान र हरिशंकर शाहले २÷२ तथा पप्पु यादवले १ विकेट लिए ।

त्यसअघि टस जितेर व्याटिङ थालेको मधेश प्रदेशले १९ ओभरमा ९ विकेट गुमाउँदै १२८ रन बनायो । प्रदिप पासवान १३ रनमा नटआउट रहे । भने अफु्रदीन रेन ११ रनमा नटआउट रहे । रुपेश सिंहले २८ रन बनाउँदै आउट भए । पप्पु यादव १७ रनमा आउट भए । ओपनर हरिशंकर शाह १, रोहन विक १, विशाल सुस्लिङ्ग ३, दिपेश दास ९, विशाल पटेल ६, अभिषेक कार्की ४ रनमा आउट भए । लुम्बिनीका लागि अजय कुमार चौहानले ४ ओभरमा २७ रन खर्चदै सर्वाधि ३ विकेट लिए । देव खनालले २ तथा मोहम्मद हुसेन, सन्देश थापा र अभिषेश गौतमले समान १÷१ विकेट लिए ।

लुम्बिनी जित पश्चात तालिकाको तेस्रो स्थानमा रहेको छ । २ खेलमा १ जित र १ हार व्यहोरेको लुम्बिनीको २ अंक रहेको छ । २ खेलमै हार व्यहोरेको मधेश तालिकाको अन्तिममा रहेको छ ।

बैशाख ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भोलि समूह ‘सी’ को अन्तिम खेलहरु हुनेछन् । जसअनुसार लुम्बिनी खुकुरीले कर्णाली एकेडेमीको सामना गर्नेछ भने मधेश प्रदेशले हिमाल फ्रेन्ड्सको सामना गर्नेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार