मुख्य समाचार
तेह्रथुम र पाँचथर जोड्ने निर्माणाधीन लुमुघाट पुल | तरकारीखेतीबाट बराहक्षेत्रका किसान आत्मनिर्भर | तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए | बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा | हुम्लाको बौल्यानामा खानेपानी समस्या | शक्ति गौचनद्वारा रुपन्देही क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी घोषणा | बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास |

‘सुदूरपश्चिमको विषयले गठबन्धनमा केही फरक पर्दैन’

Ujyalosandeshonline 11479+ समाचार ( )
६ वैशाख २०८१, बिहीबार

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुदूरपश्चिम प्रदेश सरकार निर्माणका क्रममा भएको विवाद सामान्य भएको भन्दै यसले गठबन्धनमा केही फरक नपर्ने बताएका छन् ।

बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री लामिछानेबीच भेटवार्ता भएको थियो । उक्त भेटपछि सञ्चारकर्मीसँग लामिछानेले वर्तमान राजनीतिक परिस्थितिका बारेमा छलफल भएको उल्लेख गर्दै गठबन्धनभित्र कुनै समस्या रहेको बताए ।

सुदूरपश्चिममा सरकार निर्माणका क्रममा भएको विवादका कारण केन्द्रमा पनि फरक परेको त होइन ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा लामिछानेले भने, ‘त्यस्तो केही छैन, एउटा समझदारीमा गइसकेको कुरामा कहिलेकाँही भनौं न पात्रहरुका विषयलाई लिएर र प्रदेशमा उहाँभन्दा अर्को मान्छे राम्रो हो कि भन्ने विषयमा भएका छलफलहरु हुन् । त्यहाँ रास्वपाको सहभागिता नरहेका कारणले यो विषयमा मेरो धेरै मत त रहेन ।’

केन्द्रमा सत्ता समीकरणका कारण प्रदेश सरकारहरु भत्कने र बन्ने क्रम देखिइरहेको भए पनि प्रदेश सरकारका कारण केन्द्रमा केही असर नपर्ने दाबी लामिछानेले गरे ।

सत्ता गठबन्धनमा रहेको दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट भएको थियो ।

उक्त भेटका विषयमा दुवैले वैकल्पिक गठबन्धन बनाउने सहमति गरेको भन्दै चर्चा भएपछि प्रधानमन्त्री दाहाल र ओली छलफलमा छन् । त्यस लगत्तै एमालेले सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्रीका लागि समर्थन गरेको थियो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार