मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

रुबि हत्या : पासवानले गरे हत्याको स्वीकार

Ujyalosandeshonline 11005+ समाचार ( )
११ भाद्र २०८२, बुधवार

रौतहट । रौतहट प्रहरीले पक्राउ गरेका लक्ष्मण पासवानले रुबि साहको हत्या गरेको स्वीकार गरेका छन । माधव नारायण नगरपालिका–६ स्थित नहर अगाडि आज बिहान आत्मदाह गर्नु अघि बनाइएको भिडियोमा स्वीकार गरेको पाइएको हो । उनले करीब ९ मिनेटको भिडियोमा  रुवीसँगको प्रेम सम्बन्धबारेमा धेरै कुराहरु खुलाएका छन् ।

विद्यालय समयकाल देखि नै हामी बीच सम्बन्ध थियो उनले भने,‘अदालतमा गएर विवाह पनि गरेका हौं । आफू गरिब भएकाले पारिवारिक तनावका कारण रुबीको हत्या गरेको उनले बनाइएको भिडियोमा स्वीकार गरेको पाइन्छ । रुबीलाई हत्या गरेदेखि आफ्नो हात काँपिरहेको बताएका उनले रुबी मरिसकेपछि आफू बाँचेर के गर्नु भन्ने लागेको बताएका छन् ।

उनले भिडियोमा भनेका छन,‘मेरो जान मरिसकेकी छ ,“म बाँचेर के गर्नु । माधव नारायण नगरपालिका–६ स्थित नहर अगाडि बिहान करिब ८ बजे पासवानले आफ्नै शरीरमा पेट्रोल हालेर आगो लगाएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका पासवानलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । यस विषयमा थप अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार