मुख्य समाचार
रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन |

मंसिर २३ गतेको आन्दोलनबाट राष्ट्रपति हटाएर राजा ल्याउँछौं : ज्ञानेन्द्र शाही

Ujyalosandeshonline 12445+ समाचार ( )
२० मंगशिर २०८२, शनिबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले राष्ट्रपति हटाएर राजा स्थापित गर्ने र प्रदेश संरचना खारेज गर्नका लागि आगामी मंसिर २३ गते आन्दोलन गर्न लागेको बताएका छन् । शनिबार शाही युवा शक्ति नेपालको काठमाडौं जिल्ला भेलामा बोल्दै उनले मुख्यगरी २३ गतेको कार्यक्रम राष्ट्रपति व्यवस्थाको खारेज साथै प्रदेश संरचना हटाउनको लागि आन्दोलन गर्न लागेको बताए । 

उनले भने, ‘म स्पष्टसँग भन्छु २३ गतेको कार्यक्रम राष्ट्रपति हटाएर राजा स्थापित गर्ने हो । २३ गतेको कार्यक्रम प्रदेश संरचना हटाउनको लागि हो । देशको प्रधानमन्त्री जनताले भोट हालेर बनाउने कि नबनाउने भन्नेबारे आन्दोलन गर्न लागेका हौं ।’

उनले फागुन २१ गतेको चुनावपछि पनि प्रधानमन्त्रीमा केपी ओली नै आउने सम्भावना बढी भएको भन्दै यसको ग्यारेन्टी लिन अन्तरिम सरकार तयार नरहेको दाबी गरे । ‘सांसदहरुको लागि चुनाव हुँदैछ । यसबाट भोलि केपी ओली प्रधानमन्त्री हुँदैनन् भन्ने केही ग्यारेन्टी छ ?यसमा सुशीला कार्कीले ग्यारेन्टी लिन सक्नुहुन्छ ? किनकी इतिहास काफी छ ।

३२ सिट ल्याएका प्रचण्ड प्रधानमन्त्री भएका छन्,’उनले भने । उनले राष्ट्रपति साझा हुन नसक्ने भन्दै २३ गतेको आन्दोलनका सबैलाई उपस्थित हुन अपील समेत गरे । ‘राष्ट्रपति साझा हुन सक्दैन । त्यही भएर २३ गते सबै उपस्थित हुनुहोला । किनभने संविधान संशोधन जरुरी छ । नेपालको संविधानको धारा ७६ खारेज गरेर संसदबाट नभइ जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री चुन्नका लागि आवाज उठाउन लागि आन्दोलन रोजेका हौं । प्रदेश संचरना खारेज गर्ने र स्थानीय तह गैरदलीय बनाउनका लागि हो,’उनले भने ।  

यस्तै अधिवक्ता स्वागत नेपालले नेपालको संविधान संशोधनमा ०७२ मा भएका केही राम्रा कुरालाई सम्मेलित गरेर लानुपर्ने बताए । ‘संविधान संशोधनमा ०७२ सालको संविधानमा केही राम्रा कु्राहरु छन् त्यसलाई हामीले सम्मेलित गरेर लानुपर्छ ।  मान्छेहरुले राजा मनमा राखेका छन् तर मुखमा कांग्रेस, एमाले, माओवादी भनेर बसिरहेका छन्,’उनले भने । उनले राजाबाट सबै अभिप्रेरित हुनुपर्ने भन्दै राजा आफ्नै मान्छेहरुबाट अप्ठेरोमा पर्ने गरेको पनि बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार