मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |
मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

आज करवा चौथ :
पतिब्रता धर्मको प्रतीक हो करवा चौथ

Ujyalosandeshonline 11005+ समाचार ( )
४ कार्तिक २०८१, आइतबार

भैरहवा । हिन्दू संस्कृतिमा नारी शक्तिको सम्मान र उनी प्रति आदर भाव शताब्दीयौं देखि चलि आइरहेको छ। करवा चौथ, हिन्दू धर्मको प्रमुख चाडहरू मध्ये एक, यो नारी शक्ति को महिमा र गौरवपूर्ण कथालाई बर्णन गर्दछ। यो पर्व हिन्दू नारीहरूको पति प्रतिको अगाध भक्ति, पतिब्रत्व र वास्तविक निष्ठाभावको प्रतीक हो। जुन हरेक वर्ष कार्तिक महिनाको कृष्ण पक्ष चतुर्थीका दिन मनाइन्छ

आजको दिन विवाहित महिलाले आफ्नो पतिको दीर्घायु र समृद्धिको कामना सहित दिनभर निर्जल व्रत बस्ने र चन्द्रमालाई अर्घ दिई व्रतको समापन गर्ने गर्छन । यो पर्व श्रीमान्–श्रीमती बीचको सम्बन्धलाई सुमधुर बनाउने मात्र नभई हाम्रो वातावरण र संस्कृति प्रतिको सम्मान र जागरुकताको प्रतीक पनि हो । विशेष गरी यस पर्वमा प्रयोग हुने परम्परागत सामग्रीहरू जस्तै माटोको भाँडा र पालाले हाम्रो प्रकृति र सांस्कृतिक सम्पदाको कदर गर्ने महत्त्व झल्काउँछ।

हिन्दू नारीको गौरवशाली इतिहास

महर्षि दयानन्द सरस्वतीका अनुसार ' हिन्दू धर्म हिन्दू नारीहरुकै कारणले आज जीवित छ । हिन्दू नारीको चरित्र र पतिव्रता धर्मको शक्तिसँग सम्बन्धित अनगिन्ती कथा र घटनाहरू हाम्रा धार्मिक ग्रन्थहरूमा लिपिबद्ध छन्। सती अनुसुईया, सावित्री, शाण्डिली, माता सीता र गान्धारीजस्ता महान् महिलाहरूले आफ्नो पति प्रतिको भक्तिले आफ्नो परिवारको रक्षा मात्र गरेनन्, बरु समाजलाई पनि प्रेरित गरिन् । करवा चौथ पतिब्रता धर्म, साँचो निष्ठा र वफादारीको परम्परालाई अगाडि बढाउँछ। आधुनिकताको प्रभाव जतिसुकै किन नहोस् ,हिन्दु समाजका विवाहित महिलाहरूले आफ्नो आस्थाका साथ पूर्ण भक्तिपूर्वक यो व्रत मनाउने गर्छिन ।

चन्द्रमा र कर्वा चौथको ज्योतिषीय महत्व

 

करवा चौथ व्रतमा चन्द्रमालाई अर्घ्य दिने चलनको पछाडि ज्योतिषीय दृष्टिकोण पनि छ । चन्द्रमालाई जीवनको संजीवनी प्रदान गर्ने स्रोत र औषधीको स्वामी मानिन्छ। यो संसारको संवेदनशील र शुभ भावना संग सम्बन्धित छ। त्यसैले चन्द्रमाको पुजाको पछाडि श्रीमानको जीवन पनि चन्द्रमा जस्तै शीतल र उज्यालो होस् भन्ने कामना हुन्छ । करवा चौथका दिन महिलाहरूले चन्द्रमालाई माटोको भाँडोमा अर्घ्य दिने गर्दछन्, जुन पाँच तत्वको प्रतीक हो।

माटोको भाडो, प्रकृति प्रतिको पाइला

नेपालमा माटोका भाँडाहरू प्राचीन कालदेखि नै प्रयोग हुँदै आएको छ। हाम्रा पुर्खाहरूले प्रकृतिसँग तालमेल राख्नका लागी माटोका भाँडाहरू प्रयोग गर्थे र यो परम्परा अझै पनि धेरै ठाउँमा जीवित छ। माटोबाट बनेका वस्तुहरूको प्रयोगले वातावरणलाई फाइदा मात्रै गर्दैन स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । धार्मिक ग्रन्थ अनुसार माटोलाई पवित्र मानिन्छ । हिन्दू धर्ममा पूजाका लागि माटोको भाँडाको प्रयोग गरिन्छ। करवा चौथमा माटोको भाँडोमा अर्घ्य दिनु शुभ मानिन्छ। माटोको कर्वेलाई माटो, आकाश, जल, हावा र अग्नि पाँच मुख्य तत्वको प्रतीक मानिन्छ। यी पाँच तत्वले दाम्पत्य जीवन सुखी बनाउँछ भन्ने विश्वास गरिन्छ । करवा चौथमा माटोको करवाको प्रयोग पनि प्रकृतिसँग सन्तुलन कायम राख्ने प्रतीक हो।

बिवाह सात जन्मको बन्धन हो ।

हिन्दू धर्ममा विवाहलाई सात जन्मको पवित्र बन्धन मानिन्छ । श्रीमान्–श्रीमतीबीचको यो सम्बन्ध प्रेम, विश्वास र सृष्टिको धागोले बाँधिएको हुन्छ । करवा चौथ व्रत यस बन्धनलाई अझ बलियो बनाउने माध्यम हो, जहाँ विवाहित महिलाहरूले आफ्ना पतिको दीर्घायु र स्वस्थ जीवनको कामना गर्छिन्।

 

करवा चौथसँग सम्बन्धित पौराणिक कथाहरू

 

करवा चौथको परम्परा परापूर्वकालदेखि चलिआएको छ । एक कथा अनुसार, जब देव र दानवको युद्धमा देवताहरू दानव संग पराजित हुन थाले। त्यसपछि ब्रह्मदेवले देवताहरूका पत्नीहरूलाई निर्जल व्रत बस्न र चन्द्रमालाई अर्घ्य दिन सल्लाह दिए। व्रतको फलस्वरूप देवताहरूले विजय प्राप्त गरे। महाभारत कालमा पनि द्रौपदीले अर्जुनको कठोर तपस्यामा करवा चौथ व्रत राखेर आफ्नो परिवारको रक्षा गरेकी थिइन् ।

सवाई माधोपुरको करवा चौथ मन्दिर

भारतको राजस्थान प्रान्तमा सवाई माधोपुर जिल्लामा अवस्थित बरवाडा गाउँको चौथ माता मन्दिर करवा चौथको सबैभन्दा पुरानो मन्दिर मध्ये एक हो। यो मन्दिर राजा भीम सिंह चौहान द्वारा निर्माण गरिएको थियो र करवा चौथको महत्व संग सम्बन्धित एक प्रमुख स्थान मानिन्छ।

करवा चौथ एउटा चाड मात्र नभई, यो हिन्दू संस्कृतिमा नारी शक्ति, देश भक्ति र अटल आस्थाको प्रतीक हो । यस पर्वको माध्यमबाट नारीहरूले आफ्नो परम्परा, संस्कृति र आस्थालाई जीवित राख्दै सच्चा प्रेम, विश्वास र वफादारीको बन्धन कहिल्यै टुट्न सक्दैन भन्ने सन्देश समाजलाई दिन्छन् ।

 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार