मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

सुरु भयो पृतनापति समन्वयात्मक बैठक

Ujyalosandeshonline 11474+ समाचार ( )
१६ फाल्गुन २०८०, बुधवार

काठमाडौं । नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखहरुका साथै पृतनापतिहरुको पृतनापति समन्वयात्मक बैठक–२०८० शुरु भएको छ ।

बुधबारबाट सुरु भएको पृतनापति समन्वयात्मक बैठकको उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले उद्घाटन गरे ।

 बैठकलाई सम्बोधन गर्दै खड्काले राष्ट्रिय सुरक्षामा विद्यमान चुनौतीहरूका बारे छलफल गरी त्यस्ता चुनौतीहरूको सामना गर्ने उपायहरू पहिल्याउन बैठकले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।

 उनले भने, ‘वाह्य रुपमा नेपालको भू राजनीतिक अवस्थिति, शक्तिराष्ट्रहरुको रणनीति र प्रतिष्पर्धा, भिन्न सिद्धान्त र राज्य व्यवस्था भएका छिमेकीहरुको विश्व मञ्चमा वढ्दो उपस्थिति श्रम आप्रवासन, खुला सिमाना, प्रविधिको विकास लगायतका विषयहरुले सुरक्षा वातावरणमा श्रृजना गर्दै आएका प्रभावहरु एवं आन्तरिक रुपमा विभिन्न स्वार्थ प्रेरित व्यक्ति र समूहहरुको धार्मिक र सामाजिक सद्भाव विथोल्ने एवं साम्प्रदायिक गतिविधिहरुको सुक्ष्म विश्लेषण सहित समग्र राष्ट्रिय सुरक्षामा देखा परेका चुनौतीहरुको आँकलन गर्न जरुरी रहेको छ ।’

 नेपाली सेनाका सकलदर्जाले विभिन्न परिस्थितिहरूमा सीमित स्रोत तथा साधनहरूको उच्चतम सदुपयोग गर्दै मुलुक र माटोका लागि गरेको त्याग प्रशंसनीय रहेको कुरा बताउँदै उनले सेनाको साहस तथा पराक्रमको राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक चर्चा हुने गरेको उल्लेख गरेको बताए ।

 सेनालाई पर्याप्त स्रोत साधनको व्यवस्था गर्दै उच्च व्यवसायिकता कायम राख्न सरकार प्रतिवद्ध रहेको खड्काको भनाइ थियो ।

 त्यस्तै, सेनापति प्रभुराम शर्माले नेपालको संविधानले निर्दिष्ट गरेका जिम्मेवारी तथा राष्ट्रिय सुरक्षा नीतिले औंल्याएका कार्यहरु सँगै पर्यावरण सुरक्षा, विपद् प्रतिकार्य, विकास निर्माण, महामारी नियन्त्रण, विश्व शान्ति स्थापना, आन्तरिक द्वन्द्व तथा अपरम्परागत सुरक्षा चुनौतीहरुलाई समेत सम्बोधन गर्न सक्ने गरी हरहमेसा तयारी अवस्थामा रहनुपर्ने बताए ।  

 उनले परम्परागत र अपरम्परागत खतराहरुद्वारा सिर्जित सुरक्षा चुनौतीहरुलाई सम्बोधन गर्नु आजको मुख्य आवश्यकता रहेको उल्लेख गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार