गृहमन्त्री लेखकद्वारा महाकालीमा निमार्णधिन बाँधको स्थलगत अनुगमन

Ujyalosandeshonline 11469+ समाचार ( )
२२ असार २०८२, आइतबार

महेन्द्रनगर ।  गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको भीमदत्त नगरपालिका—१२ स्थित महाकाली नदीमा निर्माणाधीन बाँधको स्थलगत अनुगमन गरेका छन् । आईतबार बाँधको स्थलगत अवलोकन गर्दै उनले महाकाली नदी किनारका बस्ती जोगाउनका लागि सरकारले विषेश निर्णय गरेर मनसुन अघिनै बाँध निमार्ण सम्पन्न गरिसक्ने गरि नेपाली सेनालाई जिम्मा दिएको बताएका हुन् ।  

‘महाकाली किनारका बस्ती बाढीको जोखिममा परेपछि ती बस्ती जोगाउनका लागि गृहमन्त्रालयले विषेश निर्णय गरेर बाँध बनाउने जिम्मा सेनालाई दिएको हो । ’मन्त्री लेखकले भने, ‘यहाँ बजेट अभावले बाँध निमार्णको काम रोकिदैन यहाँका बस्ती जोगाउनका लागि सरकारले चाहिने जति बजेट दिन्छ ।’  

गत वर्ष महाकालीको बाढीले दुई सय ६० मिटर बाँध भत्काएपछि महाकाली नदी बस्ती तर्फ सोझिएको थियो । भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका विभिन्न बस्ती बाढीको जोखिममा परेपछि सरकारले उक्त क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो । ‘बाढीले महाकाली नदीमा बनेको चार लेन पुल र बस्ती नै जाखिममा परेपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको गरेर सेनालाई जिम्मा दिएका हौँ, ’उनले भने, ‘सेनाले यहाँको बाढीको समस्या स्थानीय रुपमा निराकरण हुने गरि काम गरिरहेको छ ।’ 

उनले नदी नियन्त्रण तथा संरक्षणका लागि सरकारले विशेष प्राथमिकतामा राखेर बाँध निर्माण कार्य अघि बढाएको बताए । अवलोकनका क्रममा उनले निर्माण कार्यमा संलग्न टोलीलाई निर्धारित समयमै गुणस्तरीय निर्माण सम्पन्न गर्न समेत निर्देशन दिए । गृहमन्त्री लेखकले कञ्चनपुरको दोधारा चाँदनी स्थित बन्ने सुख्खा बन्दरगाह शिलान्याशको काम छिट्टै हुने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार