मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

तनहुँका युवामा ब्याडमिन्टन खेलको आकर्षण बढ्दो

रासस 460+ समाचार ( )
२० फाल्गुन २०८२, बुधवार

दमौली (तनहुँ) । तनहुँका युवामा ब्याडमिन्टन खेलप्रति आकर्षण बढेको छ । तनहुँको सदरमुकाम दमौली, शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडा, खैरेनीटार, गाछेपानी, भिमाद नगरपालिकाको भिमाद बजार, म्याग्दे गाउँपालिकाको थर्पु, धयरेमा ब्याडमिन्टन खेलका लागि कभर्डहल बनेपछि युवाहरू यसतर्फ आकर्षित भएका हुन् ।

नियमित रूपमा बिहानदेखि रातिसम्म फुर्सदको समयमा आफूलाई स्वस्थ र तन्दुरुस्त राख्नका लागि युवाहरू समूह मिलाएर ब्याडमिन्टन खेल्ने गर्दछन् । यस खेल युवाहरूको रुचिको पहिलो रोजाइ बनेको खेलाडीहरू बताउँछन् । युवाहरू चार जनाको जोडी मिलाएर खेल्न सकिने र छोटो समयमा धेरै पसिना आउने भएकाले यस खेलमा युवाहरूको आकर्षण बढेको प्रशिक्षक तथा खेलाडी विपीन घलेले बताउनुभयो ।

जिल्लाका स्थानीय तहहरूले लगानी गरेर कभर्डहल निर्माण गरेपछि भित्र खेल्ने खेल भएकाले हावापानी, घाम तथा अन्य समयमा पनि खेल्न सहज भएको खेलाडी एवं व्यास नगरपालिकाका योजना शाखा प्रमुख भेषराज तिवारीले बताउनुभयो । व्यास नगरपालिका–१ निवासी प्रदीप न्यौपानेले कार्यालय समयबाहेकको समयमा फुर्सद मिलाएर नियमित रूपमा ब्याडमिन्टन खेल्ने गरेको बताउनुभयो । 

ब्याडमिन्टन प्रतियोगितामा युवाको आकर्षण बढेपछि यहाँ प्रतियोगितासमेत हुने गरेका छन् । ब्याडमिन्टन प्रतियोगितामा धेरै टिमको सहभागिताले यस खेलमा आकर्षण बढेको पुष्टि हुने खेलाडी रामकृष्ण क्षेत्रीले बताउनुभयो । म्याग्दे गाउँपालिकाले थर्पुमा म्याटसहितको र धयरेमा कभर्डहल निर्माण गरी खेललाई निरन्तरता दिएको म्याग्दे गाउँपालिका–४ का वडाध्यक्ष दीपककुमार श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार