मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |
मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |


जुम्लावासीका समस्या समाधानका लागि संघीय सरकार प्रतिबद्ध छ : मन्त्री यादव

Ujyalosandeshonline 11474+ समाचार ( )
८ वैशाख २०८२, सोमबार

जुम्ला । खानेपानी मन्त्री प्रदीप यादवले कर्णाली प्रदेशको जुम्लावासीका समस्याको दीर्घकालीन, दिगो र प्रभावकारी समाधानका लागि संघीय सरकार पूर्णतः प्रतिबद्ध रहेको बताएका छन् । जुम्लाको हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकाको आयोजनामा सञ्चालित संयुक्त बृहत वास सम्मेलन तथा देवारगाँउ तल्लो बस्ती पूर्ण सरसफाई उन्मुख घोषणा समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले नेपाली भाषाको उत्पती भएको जिल्ला इतिहासको पानामा नाम लेखाएको जुम्ला जिल्लालाई विकासमा पछि नपारिने बताएका हुन् । 

उनले भने, ‘आज म पहिलो पटक देशको दुर्गम, हिमाली अनि नेपाली भाषाको उत्पती भएको जिल्ला जुम्लामा आएको छु । भौगोलिक रुपमा विगट जिल्ला भएपनि इतिहासमा यो जिल्लाको योगदान महत्वपूर्ण छ । यहाँको विकासका लागि संघीय सरकार पूर्णतः प्रतिबद्ध छ ।’यसैगरी मन्त्री यादवले विभिन्न कला, संस्कृतिको धनी जिल्ला जुम्लाको विकासका लागि आफ्नो पूर्ण साथ र सहयोग रहने तथा यहाँका नागरिकलाई शुद्ध, स्वच्छ अनि सफा पानी वितरण गर्ने आफ्नो जिम्मेवारी भएको बताए । 

उनले भने, ‘म मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने र मधेसमा मेरो घर भएपनि कर्णालीप्रति मेरो मायाँ छ । विकासका लागि अब कर्णाली पछाडी पर्ने छैन् । म सोही अनुसार यहाँ काम गर्ने छु । कर्णाली प्रदेश पछाडि परेको छैन । कर्णाली सहित जुम्लावासीलाई प्रयाप्त वजेट विनियोजन गरिने छ ।’

रु १ अर्ब २५ करोडको लागतमा निर्माण भइरहेको जुम्लाको धौलीगाढ खानेपानी आयोजना एक वर्षमै निर्माण सम्पन्न हुने मन्त्री यादवको भनाई थियो । ‘जग्गाको समस्याले उक्त परियोजना निर्माणका केही ढिलाई भएको हो । उक्त परियोजनामा बजेटको कमि हुने छैन । खानेपानी मन्त्रालयले सो परियोजनामा प्रर्याप्त बजेट विनियोजन गरेको छ । ढुक्क हुनुस् एक वर्षमा यो परियोजना निर्माण सम्पन्न हुने छ,’उनले भने ।

जुम्ला जिल्लामा सञ्चालनमा रहेका खानेपानीका डिपिआर परियोजना अगाडी बढेको र परियोजना सञ्चालनमा आएसँगै यहाँका नागरिकको समस्या दीर्घकालिन रुपमा समाधान हुने मन्त्री यादवले बताए । जुम्लाका नागरिकहरुका सडकका समस्या समाधानका लागि आफुले माथिल्लो निकाय सम्म पहल चाल्ने आश्वासन दिलाए । उनले भने, ‘सडक कालोपत्रका लागि म सम्माननीय प्रधानमन्त्री ज्यूसँग सल्लाह गर्ने छु । यहाँका नागरिकको सडकको समस्या समाधान गर्न मैले पहल गर्ने छु ।’

जुम्लाको अर्गानिक एवं पौष्टिक तत्वले भरीपूर्ण जुम्ली स्याउ अब स्वदेशमा मात्रै सिमित नभएर विदेशमा पनि निर्यात गर्नु पर्ने मन्त्री यादवको भनाई छ । उनले भने, ‘हिमाली माटोको सुगन्धले भरिएको, संस्कृतिको उज्यालो ज्योति फैलिएको, जुम्ला जिल्लामा उत्पादित स्याउ अब विदेश निर्यात गराउनु पर्छ । यहाँको स्याउ देश विदेशमा चिनाउनुपर्छ ।’

जुम्ला जिल्लामा सञ्चालनमा रहेका खानेपानी योजनाहरूलाई शीघ्र सम्पन्न गरी शुद्ध, सुरक्षित र भरपर्दो खानेपानी सहज रूपमा उपलब्ध गराउने वातावरण निर्माण गरिने मन्त्री यादवले प्रतिद्धता जनाउनु भएको थियो । सोही कार्यक्रमा बोल्नु हुँदै सभाको अध्यक्ष एवं गाउँपालिका राष्ट्रिय महासंघका उपाध्यक्ष तथा हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले संघीय सरकार र स्थानीय तहबीच गहिरो समन्वय र सहकार्यका साथ जुम्लाको समृद्धि र विकासमा नयाँ युगको सुरुवात गर्ने दृढ अठोट रहेको बताए ।

उनले भने, ‘विकासमा पछाडि परेको कर्णालीको जुम्ला जिल्लामा असङ्ख्य स्रोत साधन छन् । जुम्लावासीको उज्यालो भविष्यका लागि संघ, प्रदेश सरकारसँग हामी सधै सहकार्य गर्नेछौँ ।’ यसैगरी कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष दामोदरप्रसाद आचार्य,सिंजा गाउँपालिकाका अध्यक्ष पुर्णप्रसाद धिताल लगायतले जुम्लाको विकासका लागि सबै एकजुट हुनुपर्ने धारणा राखे ।

उक्त कार्यक्रममा खानेपानीमन्त्रालयका सचिव ईञ्जिनियर प्रमिलादेबी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ईञ्जिनियर रामकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी रामबहादुर शाह लगायतको सहभागिता रहेको थियो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार