मुख्य समाचार
तरकारीखेतीबाट बराहक्षेत्रका किसान आत्मनिर्भर | तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए | बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा | हुम्लाको बौल्यानामा खानेपानी समस्या | शक्ति गौचनद्वारा रुपन्देही क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी घोषणा | बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान |

भैरहवामा १२औं शेरबहादुर सेन्चुरी कप सुरु : न्यु मुन र एभरेष्टको विजयी सुरुआत

Ujyalosandeshonline 11478+ समाचार ( )
१२ मंगशिर २०८२, शुक्रबार

भैरहवा । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा १२औं संस्करणको ‘स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता’ सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो दिन न्यु मुन एकेडेमी र एभरेष्ट स्कूलले जित हात पारेका छन् ।

पहिलो खेलमा न्यु मुन एकेडेमीले न्यु लाइट सेकेन्डरी स्कूललाई ८ विकेटले पराजित गर्यो । न्यु लाइटले दिएको ६६ रनको सामान्य लक्ष्य न्यु मुनले ७ ओभर ३ बलमै २ विकेट गुमाएर पूरा गर्यो । खेलमा ४ विकेट लिनुका साथै ३३ रन बनाएका न्यु मुनका आषिश यादव ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

शुक्रबार नै भएको दोस्रो खेलमा एभरेष्ट स्कूलले मुनलाइट इङ्गलिस बोर्डिङ स्कूललाई ४ विकेटले हरायो । मुनलाइटले दिएको १ सय ४ रनको लक्ष्य एभरेष्टले १९ ओभर १ बलमा ६ विकेट गुमाउँदै पूरा गर्यो । यस खेलमा एभरेष्टका आदित्य देवकोटा ‘प्लेयर अफ द म्याच’ बने ।

रुपन्देहीका ३० वटा विद्यालय सहभागी यस प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । पर्वत ज्वेलर्सको प्रायोजन रहेको यो प्रतियोगिता आगामी पुस १ गतेसम्म चल्ने खेल संयोजक उदयकुमार मल्लिकले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार