मुख्य समाचार
भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने | मुलुकभर दोस्रो आर्थिक गणना सुरु : १५ लाख व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिँदै |

कफ्र्यु उल्लंघन गर्ने ४० जना पक्राउ

Ujyalosandeshonline 11003+ समाचार ( )
३० चैत्र २०८१, आइतबार

दिपेश पौडेल  

पर्सा । पर्सा प्रहरीले कफ्र्यु उल्लंघन गरेको आरोपमा ४० जनालाई  पक्राउ गरेको छ । आइतबार विहानदेखि १० बजेसम्ममा विभिन्न ठाउँबाट उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । स्थानीय प्रशासनले लगाएको कफ्र्यु उल्लंघन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक किशोर लम्सालले बताए ।

स्थानीय प्रशासनले तोकेको आदेश विपरित कार्य गर्नेलाई तत्काल नियन्त्रणमा लिने र अटेर गर्नेलाई गोली हान्ने आदेश भएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन उनले आग्रह गरे ।अहिले वीरगञ्जको अवस्था सामान्य बन्दै गएको छ । जिल्ला प्रशासन कार्यालयमा अहिले सर्वपक्षिय बैठक बसिरहेको छ ।प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार, बैठकले मध्यान्ह १२ बजेपछि कफ्र्यु हटाउने वा थप समयका लागि जारी राख्नेबारे निर्णय गर्नेछ ।

वीरगञ्जमा शनिबार भएको घटनाले धार्मिक सदभाव विथोल्न सक्ने भन्दै स्थानीय प्रशासनले तनाव व्यवस्थापनको लागि सर्वपक्षिय बैठक राखेको हो । यता भारतको रक्सौल नाका हुँदै नेपाल भित्रिने यात्रुहरू कफ्र्युका कारण सीमा क्षेत्रमा अलपत्र परेका छन् । यात्रुहरूलाई गन्तव्यमा सहज पुग्न स्थानीय प्रशासनले वैकल्पिक नाकाहरू प्रयोग गर्न सुझाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार