मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

सीमा नाकामा स्थानीयको अनशन : ‘रोटीबेटी’को सम्बन्ध प्रभावित नगर्न सुझाव

Ujyalosandeshonline 11474+ समाचार ( )
८ फाल्गुन २०८१, बिहीबार

रौतहट । रौतहटको रामपुरखाप नाकामा सवारीसाधन आवतजवातमा समस्या भएको भन्दै स्थानीयले आमरण अनसन थालेका छन् । नेपाल भारत सीमा नाकाबाट निर्वाध रुपमा चार पाँग्रे सवारीसाधन आवतजावत गर्न पाउनुपर्ने र भन्सार कार्यालय स्थापना हुनुपर्ने माग राख्दै निरन्तरता दिएका हुन् ।

परोहा नगरपालिका वडा नम्वर ९ स्थित नेपाल भारत सीमावर्ती क्षेत्र भन्दा ५० मिटर नेपाली सिमा क्षेत्रमा तीनजना स्थानीयले आमरण अनसनमा बसेका छन् ।

स्थानीय साहेब साह, जगतलाल यादव र मोहम्मद तजमुल हकले आमरण अनसनमा बसेको जनमत पार्टीका जिल्ला इन्चार्ज सेख जमसैदले बताए । उनका अनुसार नेपाल भारतको सम्बन्ध सदियौदेखिको भएकाले सीमा नाकाबाट निर्वाध रुपमा चार पाँग्रे सवारी साधन आवतजावत गर्न पाउनु पर्दछ । यसमा नेपाल सरकार र भारतीय पक्ष गम्भीर हुनुपर्ने उनको भनाइ छ । आफूहरुको जायज मागलाई सरकारले ध्यान दिनुपर्ने उनको जोड छ । 

भारत नेपालबिच सदियौंदेखि चल्दै आएको रोटीबेटीको सम्बन्धलाई प्रभावित पार्ने कार्य कसैबाट सह्य नहुने उनले चेतावनी दिए । आमरण अनसनमा बसेका तीनै जनालाई सयौं स्थानीय बासिन्दाहरुले साथ दिइरहेका छन्  ।

भारतसँग जोडिएका रौतहटको इशनाथ नगरपालिका वडा नम्वर १, २ र ४ तथा परोहा नगरपालिकाको वडा नम्वर ९ सहितका सीमानाकाहरुबाट निर्वाध रुपमा गइरहेका चार पाँग्रे सवारी साधनलाई आवत–जावतमा रोक लगाएपछि त्यस भेगका बासिन्दाहरु आन्दोलित भएका हुन् । यसअघि जिल्ला प्रशासन कार्यालय र भन्सार कार्यालयमा ज्ञापन पत्र बुझाएपछि चाँडै समस्या समाधान गर्ने आश्वासन मात्र भएको उनीहरुको गुनासो छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार