मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

रोजगारी खोजिदिन मेला आयोजना गर्दै श्रम मन्त्रालय

Ujyalosandeshonline 12431+ समाचार ( )
८ जेठ २०८१, मङ्गलबार

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमाधान रोजगार मेला  गर्ने भएको छ । श्रममन्त्री डीपी अर्यालले मंगलबार पत्रकार सम्मेलनको गर्दै रोजगारदाता र रोजगारीको खोजी रहेका नेपाली नागरिकबीच पुलको काम गर्नका लागि यही जेठ १७ देखि ३० गतेसम्म ‘श्रमाधान’ रोजगार मेला हुने जानकारी दिएका हुन् । 

‘नेपालको परिप्रेक्षमा परिवारको एक जनाले रोजगारी गरेर सिंगो परिवार पाल्नुपर्ने अवस्था छ,’ उनले भने, ‘एक जना मान्छेले काम गरेर चार जना पालिनुपर्ने अवस्थामा श्रमको क्षेत्रमा उनीहरुलाई जोड्नका लागि कसरी बुझाउन सकिन्छ भनेर मेलाको सुरुआत गरिरहेका छौं ।’

१३ दिनसम्म चल्ने श्रमधान रोजगार मेला सातै प्रदेशमा दुई–दुई दिन चल्ने मन्त्री अर्यालले बताए । मेलाले रोजगारदाताले कस्ता कामदार खोजिरहेका छन् र श्रमिकले कस्तो रोजगारी खोजिरहेको छ भन्ने विषयमा स्पष्ट हुने उनको भनाइ छ । 

उनले भने, ‘नेपालमा कस्ता कस्ता रोजगारदाताहरु रहेछन् त्यसको जानकारी पाउने, विदेश जाँदा कस्तो तयारी गरी जानुपर्दो रहेछ, स्वदेशमा कस्ता कस्ता रोजगारीका सम्भावनाहरु रहेछन्, कस्तो सीप भयो भने तुरुन्त रोजगारी पाइने रहेछ भन्ने बृहत् सूचना यो मेलाबाट लिइने ।’ यसलाई नीति तथा कार्यक्रममा समेत लैजाने गरी तयारी गरिरहेको उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार