मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

जेष्ठ नागरिक एवम एकल महिलालाई कम्बल वितरण

जैसमोहम्मद खान 76+ समाचार ( )
१७ माघ २०८०, बुधवार

मर्चवार । सम्मरीमाई गाउँपालिका वडा नम्बर ६ ले आफ्नो वडाका जेष्ठ नागरिक तथा एकल महिलाहरुलाई कम्बल बितरण गरेको छ । बुधबार एक कार्यक्रमका बिच वडा नम्बर ६ मा आयोजित एक कार्यक्रमका बिच जेष्ठ नागरिक एवम एकल महिलाहरुलाई सम्मान स्वरुप कम्बल बितरण गरिएको हो । 

सो क्रममा वडामा बसोबास गर्ने ५०२ जना जेष्ठ नागरिक एवम १०४ जना एकल महिला गरि ६०६ जनालाई कम्बल बितरण गरिएको वडा नम्बर ६ का वडा अध्यक्ष तौलन केवटले जानकारी दिए । वडामा रहेका जेष्ठ नागरिक तथा एकल महिलाहरुलाई वडाकै कार्यक्रम अनुसार सम्मान गरि कम्बल बितरण गरिएको वडा अध्यक्ष केवटले बताए । 

वडा अध्यक्ष तौलन केवटको अध्यक्षता सम्मरीमाई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राकेश कुमार चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा सदस्यहरु सावित्री हरिजन, सुमरमति यादव, प्रमोद मिश्रा, राम बहादुर चाई, गाउँपालिकाका बसन्तराम यादव लगायतले बोलेका थिए । बब्लु केवटको स्वागत एवम वडा सचिव मेघु धवलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार