काठमाडौं । प्रधानमन्त्रीएवं नेकपाएमालेका अध्यक्ष केपीशर्मा ओलीले बीपी कोइरालाले राजनीतिक दर्शन, समाज परिवर्तन र साहित्यको क्षेत्रमा आफ्ना छापहरु छोड्न सफल हुनुभएको बताएका छन् । आइतबार वीपीकोइराला राष्ट्रिय पुरस्कार २०८०, समर्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वीपी कोइरालाले नेपाली राजनीति र साहित्यलाई अहिलेको अवस्थामा पुर्याउन महत्वपूर्ण योगदान रहेको बताए ।
उनले भने, ‘राजनीतिकदर्शनको पाटोमा, साहित्यिक दर्शनको पाटोमा वीपी कोइरालाले नेपाली राजनीति, समाज परिवर्तनका क्षेत्रमा आफ्ना छापहरु छोड्न एकदमै सफलव्यक्तित्व हुनुहुन्छ ।उहाँले राजनीति सँगसँगै साहित्यलाई पनि एउटा उचाईमा पुर्याउनु भएको छ । राजनीतिलाई पनि झन धेरै उचाईमा पुर्याउनु भएको छ उँहाले । तर, आज वीपी कोइरालालाई बुझ्न त्यति सजिलो छैन् ।’
दर्शन, साहित्य र राजनीतिको बारेमा विवादहरु रहेपनिवीपी कोइरालाले खोजेको व्यवस्थार प्रणाली अहिले पनि आफू सहमत रहेको ओलीको भनाइ छ ।
त्यस्तै उनले वीपी कोइरालाले दुरदर्शी तथा परिवर्तन का लागि आफ्नो जीवन समर्पित गरेको उल्लेख गर्दै अहिलेको नेतृत्वले उनीबाट पाठ सिक्नुपर्ने बताए ।