मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

विश्वभरका नगरपालिकाहरूको संस्था सिटीनेटको सदस्यमा तिलोत्तमा

Ujyalosandeshonline 12431+ समाचार ( )
३० कार्तिक २०८०, बिहीबार

भैरहवा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले विश्वभरका नगरपालिकाहरूको संस्था (सिटीनेट ) को सदस्यता प्राप्त गरेको छ । विश्वका नगरहरू बिच आपसी सहयोग र सहकार्यमा जोड दिने मञ्चको रूपमा रहेको उक्त संस्थामा तिलोत्तमा नगरपालिकाले  प्रवेश पाएको हो । 

दक्षिण कोरियाको सियोलमा सचिवालय रहेको यस संस्थाको कार्यसमितिमा सर्वसम्मत रूपमा तिलोत्तमालाई सदस्यता प्रदान गरेको तिलोत्तमा नगरपालिका मेयर रामकृष्ण खाँणले बताए ।  विश्वभरका नगरपालिकाहरू सदस्यता प्राप्त गर्नका लागि आकर्षित हुने यस संस्थामा आविद्धतासँगै तिलोत्तमाले विकासमा थप एक खुड्किलो उक्लिन सफल भएको उनले दाबी गरे ।

सिटीनेट सन् १९८७ मा स्थापित सहरको विकासका लागि प्रतिबद्ध निकाय र संस्था आबद्ध भएको संस्था हो। एसिया प्रशान्त क्षेत्रका विभिन्न नगरपालिकालगायत अन्य सरोकारवाला आबद्ध रहेको संस्था ‘सिटीनेट’ले सहरलाई विकसित र समृद्ध बनाउनका लागि नेतृत्व गरिरहेका नेतृत्वकर्ताको क्षमता अभिवृद्धि गर्न सहयोग  गर्ने जनाएको छ । यस्तै  सिटीनेटसँग आबद्ध भएका नगर र सङ्घसंस्थाबिच असल अभ्यास र अनुभव आदानप्रदान गर्ने गरिन्छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार