मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

पर्यटनमन्त्री पाण्डेले कार्यतालिका बनाएर काम गर्ने

Ujyalosandeshonline 12437+ समाचार ( )
२१ श्रावण २०८१, सोमबार

काठमाडौं । संस्कृति पर्यटन तथा  नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले एक महिने कार्यतालिका सार्वजनिक गरेका छन् । सोमबार आर्थिक वर्ष २०८। ०८१ को चौथो त्रैमासिक प्रगति समीक्षा र मन्त्रालयस्तीय विकास समस्या समितिको बैठकमार्फत मन्त्रालयको कार्यलाई प्रभावकारी बनाउन एक महिने कार्यतालिका सार्वजनिक गरेका हुन् । 

उनले आगामी महिनादेखि प्रत्येक बुधबार मन्त्रालयका विभागस्तरीय छलफल गर्नका लागि कार्यतालिका सार्वजनिक गरेका हुन् । उनले मन्त्रालयले बोकेका लक्ष्य र उद्देश्य हासिल गर्नका लागि युद्वस्तरमा काम गरिरहेको बताए ।

उनले आगामी भदौ महिनाको पहिलो बुधबार ५ गते संस्कृति महाशाखा,१२ गते पर्यटन महाशाखा,१९ गते नागरिक उड्डयन र महिनाको अन्तिम बुधबार संयुक्त रूपमा छलफल गर्नेगरि तयारी गर्न सचिव र महाशाखा प्रमुखलाई निर्देशन समेत दिएका छन् ।

त्यसैगरी उनले देश सिस्टममा नबस्दा जनताहरूले दुख पाएको बताउँदै सिस्टममा लैजानका लागि कर्मचारीलाई प्रोत्साहन र उत्प्रेरणा दिनुपर्ने बताए । उनले आर्थिक अनियमितता र भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम राख्नका लागि काम गर्ने अठोट समेत व्यक्त गरे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार