मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

कतारी अमिर शेख थानीको नेपाल भ्रमण : दुई देशबीच एक सम्झौता, सात समझदारीपत्रमा हस्ताक्षर

Ujyalosandeshonline 11005+ समाचार ( )
१२ वैशाख २०८१, बुधवार

काठमाडौं । नेपाल र कतार दुई देशबीचमा सहकार्य गर्न विभिन्न सात समझदारीपत्रमा हस्ताक्षर र एउटामा सम्झौता भएको छ । दुई दिने राजकीय नेपाल भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको प्रतिनिधिमण्डलबीच आज भएको भेटवार्तापछि उक्त सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

बुधबार दुई पक्षबीचमा सरकारी तहमा ६ वटा र निजी क्षेत्रसँग दुईटा क्षेत्रमा काम गर्ने समझदारी भएको छ । नेपालको राष्ट्रिय समाचार समिति र कतार न्युज एजेन्सीबीचमा समाचार आदान प्रदान गर्ने एकमात्र सम्झौता भएको हो ।

यस्तै, संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालयबीच संस्कृति र कलाको क्षेत्रमा सहकार्य गर्ने, नेपाल सरकार र कतार राज्य सरकार बीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोग गर्ने, युवा र खेलकुदको क्षेत्रमा काम गर्न सहयोग सम्बन्धी,नेपालको महान्यायाधिवक्ताको कार्यालय र कतार राज्यको सार्वजनिक अभियोजन पक्षबीच सहकार्यका गर्ने, नेपालको परराष्ट्र मामिला संस्थान र कतार राज्यको परराष्ट्र मन्त्रालयको कूटनीतिक संस्थानबीच कूटनीतिक तालिम र शिक्षाको क्षेत्रमा सहयोग गर्ने गसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

साथै, कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि निजी तहबाट दुईवटा सम्झौता भएका छन् । जसमा नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार संयुक्त वाणिज्य परिषद् स्थापना गर्ने सम्झौता भएको हो । बुधबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खलिफा बिन जसिम अल थानीबिच नेपाल–कतार संयुक्त वाणिज्य परिषद् स्थापना गर्ने सम्झौता भएको उल्लेख छ ।

मंगलबार दुई दिने नेपाल भ्रमणमा काठमाडौं आएका कतारी शेख थानी आजै अपरान्ह्र भ्रमण सकेर स्वदेश फर्किसकेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार