मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

बकैया गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता सम्पन्न

Ujyalosandeshonline 12437+ समाचार ( )
१६ पौष २०८१, मङ्गलबार

मकवानपुर । बकैया गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता २०८१ सम्पन्न भएको छ । बकैया गाउँपालिका वडा न. ११  खेलकुद विकास समितिको आयोजना तथा बकैया गाउँपालिका वडा न. ११ को व्यवस्थापनमा भएको गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता सम्पन्न भएको हो ।  

बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले उद्घाटन गरेका एक दिने बकैया गाउँपालिका स्तरीय कराते प्रतियोगितामा ७  स्वर्णसहित बकैया गाउँपालिकाको छतिवन कराते डोजो टिम प्रथम हुँदै ट्रफी हातपार्न सफल भएको छ । 

छतिवनले ७  स्वर्ण सहित ५   रजत तथा १   कास्य पदक हात पारेको थियो तेसैगरी ७  स्वर्ण हात्तिसुँडे डोजो  टिम दोस्रो  हुन सफल भयो दोस्रो भएको हात्तिसुँडेले ७  स्वर्ण सहित १ रजत  ८ कास्य हात पार्यो भने ३   स्वर्ण पदक ,९   रजत पदक र ९   कास्य  जित्दै  सिमान  डोजो  टिम तेस्रो भएको थियो ।

बकैया गाउँपालिका खेलकुद विकास समिति संयोजक विजय लामा थिङको अध्यक्षतामा सम्पन्न प्रतियोगिता समारोहमा बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले बकैया गाउँपालिकाले खेलकुद क्षेत्रको विकासको लागि सहयोग गर्दै आएको बताएका छन् । उनले बकैया गाउँपालिकामा आयोजना हुने सबै खेललाई समान महत्व दिएको धारणा व्यक्त गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार