मुख्य समाचार
सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा.तिमिल्सिनाको निर्देशन | सरकारी कर्मचारीलाई खुसीको खबर : अब महिनाको दुई पटक तलब पाइने | एनओसी सेवा अब पूर्णतः ‘फेसलेस’, घरैबाट प्रिन्ट गर्न सकिने | रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" |

रूपन्देही सुपरलिगः वेष्टर्न क्रिकेट क्लबलाई सफलता

Ujyalosandeshonline 11011+ समाचार ( )
१३ माघ २०८१, आइतबार

भैरहवा । अभिषेश गौतमको उत्कृष्ट बलिङ र देव खनालको अलराउण्ड प्रदर्शनमा भैरहवामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको आइतबारको खेलमा वेष्टर्न क्रिकेट क्लब विजयी भएको छ । वेष्टर्नले जेआर क्रिकेट क्लबलाई ८ विकेटले पराजित गर्दै जित निकालेको हो ।

जितका लागि पाएको १ सय ४० रनको लक्ष्य वेष्टर्नले २१ ओभर ४ बलमा २ विकेटको नोक्सानीमा १ सय ४४ रन बनाउँदै सहजै भेट्टाउँदै जित निकाल्यो । उसको जितमा देव खनालले अविजित ५५ रनको अर्धशतकीय पारी खेले । यस्तै, रन्जित खड्काले ३३, मिर्नाल गुरुङले नटआउट २९ र भुवन पाण्डेले १८ रन बनाए । बलिङमा जेआरका विशाल भुसाल र कुशल भूर्तेलले समान १–१ विकेट लिए ।

यसअघि भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जेआरले निर्धारित ४६ ओभरमा ३७ ओभर खेल्दै सबै विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो । उसका लागि सन्दिप जोराले ६६, विशाल भुसालले १९, नविन भुसालले १४, दीलिप नाथले १३ र अनमोल थापाले १२ रन बनाए । बलिङमा वेष्टर्नका अभिषेश गौतमले १० ओभरमा १ मेर्डनसहित २८ रन खर्चेर ६ विकेट लिए । यस्तै, देव खनालले २ तथा सुझाव थापा र इशान पाण्डेले समान १–१ विकेट लिए । खेलमा अभिशेष गौतम प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजना र सिद्धार्थनगर नगरपालिकाको सहप्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार