मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

मुख्यमन्त्री आचार्यद्वारा तेस्रो कोहलपुर गोल्डकप–२०८१ को उद्घाटन

Ujyalosandeshonline 11005+ समाचार ( )
१७ फाल्गुन २०८१, शनिबार

कोहलपुर – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तेस्रो कोहलपुर गोल्डकप–२०८१ को उद्घाटन गर्नुभएको छ । सहारा क्लबको आयोजनामा कोहलपुरमा सुरू भएको उक्त प्रतियोगिताको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश खेलकुद क्षेत्रमा समृद्ध बन्दै गएको बताउनुभयो ।

उहाँले खेल क्षेत्रलाई पर्यटनसँग जोडेर अगाडि बढाउन आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो,`लुम्बिनी प्रदेश खेलकुद क्षेत्रमा समृद्ध बन्दै गएको छ। युवा खेलाडीलाई आकर्षित गर्न सफल भएका छौं । खेलकुदले बाह्य देशका नागरिकलाई समेत भित्र्याउने भएकाले यसको भूमिका महत्वपूर्ण बन्दै गएको छ ।´

मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा खेल पूर्वाधार निर्माण, खेलाडी पहिचान, उत्पादन र क्षमता विकासलाई प्रदेश सरकारको प्राथमिकतामा राखिएको जानकारी गराउनुभयो । खेल पूर्वाधार सुधार गर्न स्थानीय तहसँग सहकार्य गर्दै प्रदेश सरकारले अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रदेश सरकारले खेल क्षेत्रको विकासका लागि आवश्यक सबै उपायहरू अवलम्बन गर्ने बताउँदै उहाँले बाँके र बर्दिया जिल्लालाई विशेष प्राथमिकता दिएको स्पष्ट पार्नुभयो । उहाँका अनुसार चालू आर्थिक वर्षमा बाँके जिल्लाका लागि मात्र २ अर्ब ४० करोड रुपैयाँ पुँजीगत बजेट विनियोजन गरिएको छ। उद्घाटन कार्यक्रममा प्रदेश सभम सदस्य, स्थानीय तहका जनप्रतिनिधि, खेल प्रेमी तथा सामाजिक अगुवाहरुकाे सहभागिता थियाे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार