मुख्य समाचार
छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका | राजस्व चुहावट नियन्त्रणका लागि व्यवसायी आफैँ सच्चिनुपर्छ: डिआइजी दीपक कुमार बस्नेत | पर्यटकको पर्खाइमा थोरङ फेदी | कास्की प्रहरीका वरिष्ठ हवल्दार ५० हजार घुससहित पक्राउ | खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी | नियम उल्लङ्घन गर्ने चालकलाई सचेत गराउँदै ट्राफिक प्रहरी | स्वास्थ्य सेवा कि मृत्युको व्यापार ? भैरहवाका १७ 'अवैध' मेडिकलमा प्रशासनको ताला ! | ‘युट्युव’ हेरेर सीप, ‘फेसबुक–टिकटक’ बाट बजारीकरण | सुक्खा पहिरोका कारण कर्णाली करिडोरअन्तर्गत खच्चा सडक अवरुद्ध | बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित |
मुख्य समाचार
छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका | राजस्व चुहावट नियन्त्रणका लागि व्यवसायी आफैँ सच्चिनुपर्छ: डिआइजी दीपक कुमार बस्नेत | पर्यटकको पर्खाइमा थोरङ फेदी | कास्की प्रहरीका वरिष्ठ हवल्दार ५० हजार घुससहित पक्राउ | खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी | नियम उल्लङ्घन गर्ने चालकलाई सचेत गराउँदै ट्राफिक प्रहरी | स्वास्थ्य सेवा कि मृत्युको व्यापार ? भैरहवाका १७ 'अवैध' मेडिकलमा प्रशासनको ताला ! | ‘युट्युव’ हेरेर सीप, ‘फेसबुक–टिकटक’ बाट बजारीकरण | सुक्खा पहिरोका कारण कर्णाली करिडोरअन्तर्गत खच्चा सडक अवरुद्ध | बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित |


कोल्टी आधारभूत अस्पतालाई ‘उत्कृष्ट स्वास्थ्य संस्था’को अवार्ड

Ujyalosandeshonline 11084+ समाचार ( )
१९ भाद्र २०८२, बिहीबार

बाजुरा । बाजुराको पुर्वी उत्तरी भेगको बुढिनन्दा नगरपालिका कोल्टीमा रहेको कोल्टी आधारभूत अस्पताल यस बर्षको ‘स्वास्थ्य खवर हेल्थ’अवार्ड अन्तर्गत स्वास्थ्य संस्था विधामा ‘उत्कृष्ट स्वास्थ्य संस्था’को रुपमा पुरस्कृत भएको छ।

विकट क्षेत्रका नागरिकहरुलाई सहज रुपमा सेवा प्रदान गर्दै आएको अस्पताललाई स्वास्थ्य खबर पत्रिकाको १६ औं वार्षिकोत्सव तथा १३ औं हेल्थ अवार्ड कार्यक्रममा ‘उत्कृष्ट स्वास्थ्य संस्था’ विधामा पुरस्कृत गरिएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वयनमा स्वास्थ्यखबर फाउन्डेसनले आयोजना गरेको  स्वास्थ्य खबर हेल्थ अवार्ड चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, अभियान्ता र स्वास्थ्य संस्थालाई प्रदान गरिएको थियो जसमा उत्कृष्ट स्वास्थ्य संस्थाको रुपमा कोल्टी आभारभूत अस्पतालले अर्वाड प्राप्त गरेको हो। साथै स्वास्थ्य क्षेत्रमा नगर प्रमुखले देखाएको तदारुकता र निरन्तर योगदानको कदर गर्दै उनलाई पनि सम्मान गरिएको थियो।

माथिल्लो क्षेत्रका ४ वटा पालिका संगै छिमेकी जिल्ला हुम्ला,मुटु,कालिकोट गरि अन्य १७ पालिकाका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको अस्पतालले उत्कृष्ट स्वास्थ्य संस्थाको अवार्ड प्राप्त गर्दा निकै खुसी लागेको बुढिनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले बताए ।

आफु पालिकाको प्रमुखमा निर्वाचित भए पश्चात् नगरको स्वास्थ्य क्षेत्रको सुधारमा लाग्नुका साथै प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पताल बनाउने संकल्प लिएर अगाडी बढेको परिणाम बल्ल देखिएको बताए।पहिले जहाज कुर्दाकुर्दै बिरामीको ज्यान जान्थ्यो तर अहिले ती समस्याहरु दुर भएका छन् । समस्यालाई झेल्दै आज कोल्टी अस्पतालले कोल्टो फेरेको र उपचार सेवामा दख्खल भएको उनले बताए ।

स्वास्थ्य सेवामा निरन्तर सुधार र सक्रिय नेतृत्वकै कारण अस्पताललाई अवार्ड प्रदान गरिएको नगर प्रमुख बोहराले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आयोजक स्वास्थ्यखबर फाउन्डेसनलाई धन्यवाद दिएका हुन्।कोल्टी आधारभुत अस्पतालमा अहिले स्त्रीरोग विशेषज्ञ, ओटी नर्स, डिजिटल एक्स–रे, रक्तसञ्चार सेवा, एनेस्थेसिया, फार्मासिस्ट, रेडियोग्राफर, डेन्टल हाइजिनिष्ट, अप्थाल्मिक असिस्टेन्ट लगायतका जनशक्ति छन्।

गर्भवती महिलाका लागि निःशुल्क भिडियो एक्स–रे, प्रयोगशालाको डिजिटलीकरण, अनलाइन प्रतिवेदन प्रणाली, डिजिटल बिलिङ सेवा जस्ता आधुनिक सुविधा सुरु भएका छन्।जुन नगरपालिकाको पहल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लासँगको सहकार्यमा यस्ता सेवाहरु सूचारू भएका हुन्।प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा रहेको कोल्टी अस्पताल अहिले आधारभूत अस्पतालमा परिणत भएको छ।

अस्पतालको स्तरोन्नति गरिदै अहिले आँखा सेवा, दन्त सेवा, आकस्मिक प्रसूति सेवा, अस्पताल फार्मेसी, फोहोर व्यवस्थापन, भवन मर्मत, खानेपानी तथा विद्युत् सेवा व्यवस्थापन जस्ता महत्वपूर्ण पहलहरू कार्यान्वयनमा आएका छन्।कोल्टी अस्पतालले अहिले दुर्गमका नागरिकलाई सुगम क्षेत्र बराबरको सेवा दिदै आएको छ । 

कोल्टी अस्पतालमा अहिले सिजेरियन शल्यक्रिया नियमित  हुन्छ। जसले गर्दा विमान कुर्दाकुर्दै महिलाको ज्यान गुम्ने खवर हटेको छ। एक वर्षमा २० भन्दा बढी सिजेरियन यहीँ भएका छन्। अहिले दन्त, आँखाजस्ता विशेषज्ञ सेवा, ब्लड क्रस म्याच, एक्स–रे, भिडियो एक्स–रे, ल्याब सेवा उपलब्ध छन्। स्मार्ट हेल्थमार्फत टेलिहेल्थ सेवा र एआरटी सेवा पनि सुरु छन्।

विकासमा कोल्टो फेरेको बुढिनन्दा नगरपालिकाले स्वास्थ्य क्षेत्रमा मात्रै नभई शिक्षा, सञ्चार, यातायात, खानेपानी, विकास निर्माण लगायत क्षेत्रमा ठुलो फड्को मारेको छ। कुनै बेला निकै नराम्रो देखिने कोल्टी अहिले सुगम तिरका शहर,बजार जस्तैः छ।यता नगर प्रमुख बोहराले कोल्टी अस्पताललाई संघीय सरकारबाट अपेक्षित सहयोग प्राप्त नभएको बताएका छन् ।

कोल्टी अस्पताल पालिकाको मात्र अस्पताल नभई सम्पूर्ण माथिल्लो क्षेत्रका पालिकाहरूको अस्पताल भएकोले प्रदेश र संघीय सरकारले यसलाई महत्वका साथ हेर्नुपर्ने बताएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार