मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको म्याद थप

Ujyalosandeshonline 12437+ समाचार ( )
२४ वैशाख २०८१, सोमबार

काठमाडौं । सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको म्याद एक वर्ष थपेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले समितिको समय ४ वर्षका. लािग भनेर तोकिएको भए पनि नयाँ कानुन बन्न बाकी रहेकाले म्याद थप गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन । 

उनले भनिन् ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति भन्ने हाम्रो रक्षा मन्त्रालयअन्तर्गत विकास समिति गठन आदेशबाट सञ्चालित छ । यसको समय ४ वर्षको. लािग भनेर तोकिएको रहेछ, यही २६ गते ४ वर्ष पुग्दै रहेछ र अहिले नयाँ विधेयक कानुन बनिनसकेको र गठन आदेशको समय पनि पूरा भइसक्ने हुनाले समितिको एक वर्ष म्याद थप गर्ने निर्णय गरिएको छ ।’

नेपाली सेनाको व्यवस्थापनमा २०८३ देखि राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयमा नेसनल डिफेन्स कोर्स सुरु गर्ने सरकारको योजना हो । भौतिक पूर्वाधार र पाठ्यक्रम तयारी भने अन्तिम चरणमा पुगेको जनाइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार