मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

सामाजिक ऐक्यबद्धता कायम गरि चाडबाड मनाउन प्रशासन बाजुराको आग्रह

Ujyalosandeshonline 12441+ समाचार ( )
१३ अशोज २०८२, सोमबार

बाजुरा । जिल्ला प्रशासन कार्यालय बाजुराले नेपालीहरुको महान चाड बिजयादशमी तथा शुभदिपावली जस्ता चाडबाडहरुमा सामाजिक ऐक्यबद्धता कायम गरि मनाउन आग्रह गरेको छ । प्रशासनले एक सूचना मार्फत सम्पूर्ण जिल्लाबासीहरुलाई शुभकामना व्यक्त गर्दै कुनै पनि सामाजिक खलल नपुग्ने गरि चाडबाड मनाउन आग्रह गरेको हो ।

चाडपर्व साँस्कृतिक परम्परा,आपसी सद्भाव र एकता झल्काउने मौलिक धरोहर भएकोले यिनलाई सभ्य र सौहार्दपुर्ण तरिकाले जिल्लाबासीहरुको मनाउन आवश्यक रहेको प्रशासन बाजुराले जनाएको छ । साथै व्यापारीहरुलाई दैनिक उपभोग्य अनावश्यक वस्तुमा कृतिम अभाव सिर्जना गर्ने,कालोबजारी,मूल्यबृद्धि,म्याद नाघेका वस्तु बिक्रीवितरण नगर्न आग्रह गरेको छ । 

प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलले चाडपर्वलाई सभ्य र सु–संस्कृत तरिकाले मनाउन आग्रह गरेका छन् । चाडपर्वको बाहानामा धार्मिक,जातिय,वा सामाजिक सद्भावमा खलल पुन्ने कुनै पनि गतिविधि नगर्न,नगराउँन,उनले आग्रह गरेका हुन् । साथै चाडपर्व मनाउने बहानामा मादक पदार्थ सेवन,सार्वजनिक स्थलमा अनावश्यक हो–हल्ला,सवारी साधनमा क्षमताभन्दा बढी यात्रु नराख्न तथा तोकिएको भन्दा बढि भाडा नलिन र ट्राफिक नियमको पालना गर्न आग्रह गरेका छन् ।

मनसुनका कारण बिग्रे भत्केका सडकमा यात्रा गर्दा सुरक्षा सतर्कता अपनाउने,भिडभाडजन्य गतिविधि समाजमा अशान्ती एवम् अशोभनीय क्रियाकलाप लगायतका कार्य नगर्न प्रशासनले आग्रह गरेको छ । उल्लेखित सूचनाको बिपरीत कोही कसैले क्रियाकलाप गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारवाही गरिने प्रशासन बाजुराले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार