मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

भैरहवाका मुख्य बजारमा फ्रि वाईफाई जोन

Ujyalosandeshonline 12431+ समाचार ( )
७ पौष २०८१, आइतबार

भैरहवा । रुपन्देहीको भैरहवा बजारलाई ‘फ्री वाईफाई जोन’ बनाइएको छ । सिद्धार्थनगर नगरपालिका ( भैरहवा ) को कार्यालयले मुख्य चोक एवं बढी भिडभाड हुने स्थलहरुमा इन्टरनेट जडान गरी बजारलाई ‘फ्री वाईफाई जोन’ बनाएको हो ।

स्थलमार्ग हुँदै धेरै पर्यटक भित्रिने बेलहीया नाका, भैरहवा बसपार्क, देवकोटा चोक, मिलनचोक र बुद्धचोक गरी पाँच स्थानलाई ‘फ्री वाईफाई जोन’ बनाइएको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले जनाएको छ ।

सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँले चुनावी घोषणा एवं प्रतिवद्धता अनुरुप नगरका मुख्य भागलाई ‘फ्री वाईफाई जोन’ बनाएको जानकारी दिए । उनले प्रबिधिको युगमा नगरवासीहरुको सहजताका लागि नगरका विभिन्न स्थानमा फ्री वाईफाई सेवा उपलब्ध गराइएको बताए ।

नगरवासीका साथै आन्तरिक तथा बाह्य पर्यटकहरुलाई देश विदेशका सूचना समाचारका साथै नगरपालिकाको मोबाइल एप्स, वेबसाईटबाट प्रवाह गरिने अनलाईन सेवा, नगरपालिकाको सूचना तथा जानकारीहरुमा छिटो छरितो तथा सजिलै पहुच राख्ने उदेश्यकासाथ फ्री वाईफाई जडान गरिएको उनको भनाई छ ।

उनले आगामी दिनमा आवश्यकता भएका स्थानमा समेत फ्री वाईफाई बिस्तार गर्दै लैजाने बताए । नगरपालिकाका सूचना प्रबिधि अधिकृत तपन पाण्डेले ईन्टरनेट सेवा हरेक ब्यक्तिले प्रतिदिन एक घण्टा प्रयोग गर्न पाउने बताउँदै यसले अनावश्यक रुपमा ईन्टरनेटको प्रयोग रोकिने बताए ।

बढी समय इन्टरनेट सेवा प्रवाह गर्दा धेरै युवाले काम काज छोडेर दिनभरी यसको प्रयोग गर्न थाल्ने सम्भावनालाई मध्यनजर गरी समयावधी एक घण्टा राखिएको र सकारात्मक प्रतिक्रिया पाइएको उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार