मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

सभापतिज्यू उपचारमै रहँदापनि नेतृत्व परिवर्तनको वहस गलत : डा.महत

Ujyalosandeshonline 11005+ समाचार ( )
५ अशोज २०८२, आइतबार

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा।प्रकाशशरण महतले सभापति शेरबहादुर देउवा उपचारकै क्रममा रहँदा पनि नेतृत्व परिवर्तनको कुरा उठ्नु गलत भएको बताएका छन् । आइतबार जेनजी आन्दोलनमा जलाइएको आफ्नो घरको अवलोकन गर्दै उनले तत्काल नेतृत्व परिवर्तनको विषयमा अहिले प्रश्न उठाइरहेकाहरु नै सभापतिको सबैभन्दा नजिक रहेका व्यक्ति भएको पनि बताए । अभिभावकमाथि सांघातिक प्रहार हुँदा उपचार पूरा हुँदासम्म पर्खन सक्दैनौँ रु भन्दै उनले प्रश्न समेत गरे । 

उनले भने,‘२३ गते आउनुभन्दा चार दिन अगाडिसम्म त्यही सभापति अत्यन्त ठिक हुने, हामी टाढा भएका थियौँ । तर अहिले प्रश्न उठाइरहनुभएका वा तत्काल नेतृत्व परिवर्तनको कुरा गरिरहनुभएका साथीहरु सबैभन्दा नजिक हुनुहुन्थ्यो । उहाँहरुका बोली, बचन, वक्तव्य, र उहाँहरुको उठबस हेर्ने हो भने उहाँहरू सबैभन्दा नजिक हुनुहुन्थ्यो । हामीले पनि भनेका थियौं, कतिपय कुराहरु ठिक भइरहेको छैन । जुन सोच र शैली ओलीजीले देखाइरहनुभएको छ त्यसले ठिक बाटोमा अघि बढ्दैन भन्नेमा थियौं । तर तुरुन्तै अहिले नयाँ परिस्थिति बन्ने बित्तिकै हुँदैन्, एकछिन पनि हुँदैन भनेको के हो रु अभिभावकमाथि सांघातिक प्रहार हुँदा उपचार पनि पूरा हुन पर्खन सक्दैनौँ रु आकाश नै झरिहाल्छ ?

त्यस्तै उनले सभापतिमाथि त्रासपूर्ण आक्रमण भएको बेला जम्मेवार नेताहरु   संवेशनशिल हुन नसक्नु दुर्भाग्य रहेको धारणा राखे । नयाँ परिस्थितिबारे पार्टीमा गम्भीर छलफल गरेर सुधार गर्नुपर्ने पक्षहरु सुधार गरेर अगागि बढ्ने उनको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार