मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

जनयुद्धका बाँकी कार्यभार पूरा प्रविद्ध छौं : सिपी गजुरेल

Ujyalosandeshonline 12441+ समाचार ( )
९ श्रावण २०८२, बिहीबार

काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको सहायक संगठन क्रान्तिकारी युवा संघ नेपालले भ्रष्टाचार र कुशासनविरुद्ध काठमाडौंमा मोटरसाइकल र्याली निकालेको छ । पार्टी कार्यालय कुपण्डोलमा कार्यबाहक महासचिव सिपी गजुरेल ‘गौरव’ ले र्यालीको उद्घाटन गर्दै आफूहरुले जनयुद्धका बाँकी कार्यभार पूरा गर्न प्रतिबद्ध रहेकोसमेत बताएका छन् ।

पार्टीका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली‘शुदर्शन’ले देशमा व्याप्त बेथिति, अन्याय अत्याचार र महङ्गी विरुद्ध आफ्नो पार्टीको युवा संघले संघर्ष चर्काउने विश्वास रहेको बताए ।

युवा संघका संयोजक सूर्य तिमल्सिना ‘जीवीत’ ले मोटरसाइकल र्याली भ्रष्टाचार र कुशासनविरुद्ध ‘आगोको झिल्को’ को संज्ञा दिए । ‘हाम्रो यो र्याली दलाल पुँजीवादी व्यवस्था र जनतका दुस्मनलाई खबरदारी हो, होसियार यसलाई हल्कारुपमा लिए भोलि कडा जवाफ दिनेछौं’, तिमल्सिनाले भने ।

र्याली पार्टी कार्यालय कुपण्डोलबाट सुरु भएर लगनखेल, कुलेश्वोर, कालिमाटी, बनस्थली हुँदै सिफल चौरमा गएर कोणसभामा परिणत भएको थियो । र्यालीमा युवाहरुलाई स्वदेशमा रोजगारी दे, भ्रष्टचारीलाई कारबाही गर, माहंगी नियन्त्रण गर, संघीय जनगणतन्त्र जिन्दावादलगायतका नाराहरु घन्किएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार