मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

‘सङ्घीय निजाती सेवा ऐनको विवाद निरुपण भइसक्यो, अब चाँडै पारित गर्छौँ’

Ujyalosandeshonline 11474+ समाचार ( )
२० फाल्गुन २०८१, मङ्गलबार

पर्सा । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आफ्नो पार्टी नेकपा एमालेले देशको विकास र समृद्धिको नेतृत्व गर्ने बताएका छन् । 

नेकपा एमाले बिन्दबासिनी गाउँपालिका कमिटीले बिन्दबासिनीको बहुवर्वा भाठ्ठामा आयोजना गरेको दोस्रो गाउँपालिका अधिवेशन कार्यक्रममा मन्त्री गुप्ताले नेकपा एमालेले सरकारको नेतृत्व गर्दा विकासका धेरै काम भएको चर्चा गर्दै उनले  देशको विकास र समृद्धिको नेतृत्व एमालेले गरिरहेको बताएका हुन्  ।

नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहनुभएका मन्त्री गुप्ताले २०५१ मा गठन भएको एमाले नेतृत्वको सरकार र २०७२ को राजनीतिक परिवर्तन पछि गठन भएको सरकारको नेतृत्वले गरेको विकासका कामले आम नागरिकको मन जितेको बताए । 

उनले भने,‘अहिले पनि तीनै तहमा एमाले नेतृत्व आएमा नागरिकको समृद्धिको थप आकाङ्क्षा पूरा हुन सक्छ ।’ एमालेले समाजमा सहयोग आवश्यक पर्ने वर्गलाई विशेष सम्मान र आरक्षण गर्दै आएको उनको भनाइ छ ।

ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ताएमाले नेतृत्वको सरकारले ल्याएको र समयानुसार बढाएको साथै जनता आवास कार्यक्रम र प्रत्येक गाउँलाई शहरसँग जोड्ने योजना अन्तर्गत हुलाकी राजमार्गको योजना समेत नेकपा एमालेले ल्याएको उले बताए ।

यस्तै, नेपाली कांग्रेस र नेकपा एमालेले नेतृत्व गरेको वर्तमा सरकारमा आफूले पाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै देशकै प्रमुख समस्याको रूपमा खडा भएको संघीय निजामती सेवा ऐनको विवाद पटक–पटक वार्ता र छलफल गर्दै अन्तिम चरण सम्म पु¥याएको जानकारी उनले दिए । सो ऐन केही दिन भित्रै पारित गरी राष्ट्रसेवक कर्मचारीहरूलाई खुसी दिने दाबी उनको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार