मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |
मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |


सुरक्षाको माग गर्दै पत्रकारहरु आन्दोलनमा

Ujyalosandeshonline 11005+ समाचार ( )
आरोपी पक्राउ नपरे सम्म आन्दोलन नरोकिने : महासंघ अध्यक्ष शर्मा
११ वैशाख २०८२, बिहीबार

भैरहवा । सुरक्षा र आरोपी पक्राउको माग राख्दै रूपन्देहीका पत्रकार बिहिबार देखि आन्दोलित भएका छन् । यस अघि जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा ७२ घण्टे अल्टिमेटम दिदै पत्रकारहरुले आरोपीलाई पक्राउ गरि कारवाहीको दायरामा ल्याउन माग गरेका थिए । 

आफ्नो मागहरुबारे प्रशासन गम्भिर नभएको आरोप लगाउदै भैरहवा स्थित लुम्बिनी प्रेस क्लबले चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्दै जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा एक घण्टा धर्ना प्रदर्शन गरेको छ । पहिलो चरणको आन्दोलन अन्र्तगत पहिलो दिन धर्ना दिने, दोश्रो दिन सबै पत्रकार धर्ना दिनुको साथै हातमा कालो पट्टि बाँधेर काम गर्ने र तेश्रो दिन आईतबार सञ्चार सामाग्री प्रदर्शन गर्दै पेनडाउन गर्ने सम्मको कार्यक्रम तय गरिएको लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले जानकारी दिए । पहिलो चरण आन्दोलन अन्र्तगत पनि प्रशासनले माग पुरा नगरे सोमबार देखि अझ शसक्त आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिने रायमाझीले बताए । 

यसै बिच नेपाल पत्रकार महासंघको केन्द्रिय अध्यक्ष निर्मला शर्माले रूपन्देहीको पत्रकारहरुको आन्दोलन केन्द्रिय समितिको आन्दोलनको रुपमा रहेको बताइन । उनले आरोपी पक्राउ नपरे सम्म कुनै पनि हालतमा आन्दोलन नरोकिने र आवश्यक परे यसलाई केन्द्रसम्मै पु¥याइने बताइन । “आज लोकतन्त्र दिवस समेत हो, यो दिन एउटा पत्रकारको न्यायको लागि जिल्ला प्रशासन कार्यालयमा उभिनु दुखद हो ।” शर्माले भनिन  “अहिले हामी सुरेश रजकको न्यायको लागि पनि आन्दोलनमा छौं त्यस्तो अवश्थामा पत्रकारमाथी आक्रमण गर्ने पक्राउ नपरे यसले आन्दोलनको अर्को रुप लिनेमा सचेत गराउन चाहन्छु ।”

उनले पत्रकारको फुटेज डिलिट गराउननु पत्रकारले मिडियामा दिने कन्टेन्ट नै असर पर्ने हुदा यस यो विषय सामान्य नभएको उनको जिकिर थियो । 

यस्तै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले प्रहरीकै उपस्थितिमा भिडियो डिलिट गर्न लगाउनु र हिरासतबाटै तस्कर भगाउनुले प्रहरी र तस्करको सम्बन्धबारे स्पष्ट पारेको बताए । उनले आरोपीलाई पक्राउ गरि कारवाही गर्नु नै पत्रकारहरुको एकसुत्रिय माग रहेको स्पष्ट पारे । 

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले प्रशासनले यो घटनालाई गम्भिरतापूर्वक लिएको बताए । उनले लापारवाही गर्ने प्रहरी अधिकृतहरुलाई स्पष्टिकरण सोधिएको र आरोपीलाई पक्राउ गर्न पक्राउ पूर्जि समेत जारी भइसकेको बताए । “आरोपी भारतमा गएर लुकेका छन्, हामीले भारतीय प्रहरी संग समन्वय गरि पक्राउ गर्न टोलीहरु खटाएका छौं ।” प्रजिअ घिमिरेले भने “घटनालाई किनारा लगाउन हामीले कुनै प्रकारको ढिलाई गरेका छैनौं ।”

प्रजिअ घिमिरेले प्रहरी हिरासतबाट आरोपी भाग्नुले प्रहरीको कमजोरी देखिएकोले यसमा दोषी देखिने प्रहरीलाई पनि कारवाही गर्ने आश्वासन दिए । प्रजिअ घिमिरेले पत्रकारहरुलाई आश्वस्त पार्न खोजे पनि पत्रकारहरुले प्रहरी प्रति अब विश्वास गर्ने वातावरण नरहेको भन्दै आन्दोलन नरोकिने स्पष्ट पारे । 

उज्यालो संदेशका सम्पादक राधेश्याम विश्वकर्मा सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी सहितको प्रतिनिधि सभा कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिको अनुगमनको समाचार संकलन जाने क्रममा मर्चवारकै दिपेश यादव नाम बताउने युवाको समूहले दुव्र्यवहार गरेको थियो । बाटोमै भईरहेको अवैध ओसार प्रसारको भिडियो खिच्ने क्रममा यादव सहितको टोलीले विश्वकर्माको क्यामेरा, मोटरसाईकलको साँचो, पत्रकार परिचय पत्र खोसेर उनलाई पनि केही बेर नियन्त्रणमा राखेको थियो । पछि प्रहरी आए पछि प्रहरीकै अगाडी क्यामेरामा भएको दृश्य उक्त समूहले मेटाउन लगाएको थियो । 

यस विषयमा पत्रकार विश्वकर्माले ईलाका प्रहरी कार्यालय मझगावामा जानकारी गराए पछि प्रहरीले घटनामा संलग्न दिपेश यादवलाई पक्राउ गरेको थियो । सोही दिन पक्राउ गरेको आरोपी यादवलाई ईलाका प्रहरी कार्यालय मझगावाबाट नै भगाईएको थियो । 

सोही विषयलाई लिएर अहिले लुम्बिनी प्रेस क्लब आन्दोलनमा होमिएको छ । क्लबको आन्दोलनमा नेपाल पत्रकार महासंघ, केन्द्रिय समिति लगायत विभिन्न पेशागत संग संगठनहरुले ऐक्यवद्धता जनाएका छन् । 




प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार