किमाथाङ्का, (सङ्खुवासभा) । सङ्खुवासभामा सुरक्षा चुनौतीलाई दृष्टिगत गर्दै मुख्य बजारमा शनिबार नेपाली सेनासहितको संयुक्त गस्ती सञ्चालन । जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थिति तथा जिल्लाको सुरक्षा चुनौतीलाई ध्यानमा राखी नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले संयुक्त रूपमा जिल्ला सदरमुकामसहित जिल्लाका मुख्य बजारमा नेपाली सेनासहितको संयुक्तगस्ती सञ्चालन गरेका हुन् ।