साना व्यवसायीलाई सामाग्री सहयोग

जैसमोहम्मद खान 73+ समाचार ( )
३ जेठ २०८१, बिहीबार

मर्चवार सम्मरीमाइ गाउपालिका वडा नम्बर ६ र वडा नम्बर २ मा गरि १ सय ८६ जना साना व्यवसायीहरुलाई लाई बिभिन्न सामाग्री प्रदान गरिएको छ बिहिबार एक कार्यक्रमको आयोजना गरि इस्लामिक रिलिफ नेपालको आर्थिक सहयोग लुम्बिनी एकिकृत विकास(लिडो नेपाल )संस्था कपिलवस्तु द्वारा संचालित "संकटासन्न किसानहरूका लागि उत्थानशील जीविकोपार्जन(रेली) परियोजना को पहल सामाग्री वितरण भएको हो

सम्मरीमाई गाउँपालिका वडा नं २ र ६ का साना  व्यवसायीहरूलाई कृषि सिपमुलक सिलाई कटाई डेलिभरी पाइप ,स्प्रे ट्यांकी सिलाई मेशिन मिक्सटेर मेशिन जुस बनाउने मेशिन र किराना पसल को लागि खुद्रा समान ,खाजा नास्ता को समान लगायत प्रदान गरिएको लुम्बिनी एकिकृत विकास  संस्था का सचिव मोहरत प्रसाद चौधरीले बताए

वडा न ६ मा १०६ र वडा न २ मा ८० जना गरि जम्मा १ सय ८६ जनालाई सामाग्री प्रदान गरिएको उनले बताए । गरीब विपन्न अपाङ्ग दलित पिछडिएको वर्ग आत्म निर्भर बनाउन का लागि "संकटासन्न किसानहरूका लागि उत्थानशील जीविकोपार्जन(रेली) परियोजना" को पहल सामाग्री वितरण भएको उनले बताए

लुम्बिनी एकिकृत विकास  संस्था बोर्ड मेम्बर सदस्य ओम प्रकाश गुप्ताको अध्यक्षता, लुम्बिनी एकिकृत विकास  संस्थाका सचिव मोहरत प्रसाद चौधरी प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन उद्धम विकास सहजकर्ता हकिकुल्लाह मुसलमानले गरेका थिए

 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार