मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

जुम्ला कारागारबाट भागेका चार कैदी फर्किए, ३२ सम्पर्कविहीन

दान बहादुर बुढा 45+ समाचार ( )
२६ भाद्र २०८२, बिहीबार

मुगु । जुम्ला कारागारबाट फरार तीनजना कैदीहरु फर्किएका छन् । कारागारबाट फरार भएका ३६ जना कैदी मध्ये तीनजना फर्किएका हुन् । उनीहरूले कैद कटान गर्ने समय निकै कम भएकाले फर्किएको बताएका छन् । हिक्मत गिरी, भीमप्रसाद कठायत र डिल्ली कार्की अहिले प्रहरी नियन्त्रणमा आइसकेका छन् । 

मंगलबार राति चन्दननाथ नगरपालिका–६ मा अवस्थित जुम्ला कारागारबाट ४१ जना भाग्न खोजे पनि तत्कालै प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको थियो भने ३६ जना कैदीबन्दी भागेका थिए। नेपाली सेनाको टोली तत्कालै कारागार पुगेर भागिरहेका कैदीलाई पक्रेर जेल प्रशासनलाई बुझाएको थियो । स्थिति नियन्त्रणमा लिएकाले कुनै अप्रिय घटना हुन सकेन । अहिले तीनजना फर्किए पनि ३३ जना अझै फरार छन् । जुम्लाका डिएसपी रबिनबाबु रेग्मीका अनुसार कारागारमा कुल ९८ जना कैदी थिए। हाल ६६ मात्र रहेका छन् । फरारहरूको खोजी जारी छ ।

यता नेपाली सेनाले जुम्लामा आपराधिक गतिविधि नगर्न माइकिङ गर्दै आएको छ। यदि त्यस्ता गतिविधि गनरेको पाए कानुन बमोजिम कारबाही हुने चेतावनी दिएको छ । देविदत्त गण जुम्लाका गणपति सेनानी धीरज थापाका अनुसार नेपाली सेनाको नेतृत्वमा जिल्लास्थित सम्पूर्ण सुरक्षा निकाय ले संयुक्त रूपमा प्रभावकारी तरिकाले पेट्रोलिङ र सुरक्षा व्यवस्था गरिरहेको छ ।

जुम्लामा भएको आन्दोलनका कारण चन्दननाथ नगरपालिकाको कार्यालय र प्रमुख पार्टी कार्यालयहरूमा तोडफोड तथा आगजनी गरिएको छ । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेमकिपा र राप्रपाको कार्यालयमा तोडफोड भए पनि ठूलो क्षति हुन नसकेको बताइएको छ।

आन्दोलनकारीलाई रोक्ने क्रममा एक प्रहरी जवान र एक नगरप्रहरी घाइते भए पनि सुरक्षा फौजले संयमता अपनाएकाले ठूलो झडप वा मानवीय क्षति भएको छैन। आन्दोलनकारीले नगरपालिकाभित्र पार्किङमा राखिएका दमकल, एम्बुलेन्स र शववाहनमा तोडफोड गरेका छन्। साथै दुई वटा गाडी र दर्जन बढी मोटरसाइकल क्षतिग्रस्त भएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढाथोकीका अनुसार विभिन्न भवनमा आगजनी हुँदा आगो फैलिएर बस्ती नै सखाप हुनसक्ने जोखिम थियो। तर सुरक्षा फौजले समयमा नै नियन्त्रणमा लिएर ठूलो क्षति हुनबाट जोगाएको हो ।

सुरक्षा निकायले २४ घण्टा पेट्रोलिङ र कारबाहीलाई कडाइका साथ सञ्चालन गरिरहेको छ। जिल्लाको शान्ति सुरक्षालाई मध्यनजर गरी कफ्र्यु र निषेधाज्ञा सम्बन्धी निर्णय जिल्ला सुरक्षा समितिले गर्ने बताइएको छ । भागेका कैदीको खोजी जारी छ। सुरक्षाकर्मीले स्थानीयलाई कुनै जानकारी भए तत्काल सूचित गर्न आग्रह गरेका छन्। शान्ति सुरक्षा कायम राख्न सरोकारवाला निकाय, पत्रकार र स्थानीय जनताको सहयोग आवश्यक रहेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार