मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

मर्चवारमा आगलागी हुँदा पाँचकठ्ठाको गहुँबाली जलेर नष्ट

Ujyalosandeshonline 12441+ समाचार ( )
१२ चैत्र २०८१, बुधवार

मर्चवार । रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर ३ स्थित इस्लामपुरमा आगलागी भएको छ ।आगलागीबाट पाँचकठ्ठा गहुँबाली जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय मर्चवारले जनाएको छ ।प्रारम्भिक अनुसन्धानमा आगलागीको कारण खुल्न नसकेको ईलाका प्रहरी कार्यालय मर्चवारका प्रमुख प्रहरी निरीक्षक घनदेव साउदले जानकारी दिए । प्रहरी निरीक्षक साउदका अनुसार मर्चवारी गाउँपालिका–३ का सन्तराम मौर्य, मन्तराम यादव, बलिराम यादव, जयप्रकाश बरई, नन्द पासी र रवि पासीको खेतमा आगोले गहुँबाली क्षति भएको छ ।

आगो लागेपछि समयमा दमकल नआउँदा स्थानीले स्थानीयले स्रोतसाधनको प्रयोग गरी आगो नियन्त्रण गरेको स्थानीय युवा गोपाल मौर्यले बताए । उनले भने–‘आगो लागेको हल्ला सुनेपछि गाउँबाट मानिसहरु खेतमा दोडी हरियो हाँगासहितको स्थानीय स्रोतसाधनको प्रयोग गरी आगो नियन्त्रण गरेका हुन् ।’मर्चवारमा बारुणयन्त्र (दमकल) छैन । आगलागिपछि भैरहवा, लुम्बिनी, बुटवल क्षेत्रका दमकलकै भर पर्नुपर्ने बाध्यता छ । यस वर्ष लुम्बिनी प्रदेश सरकारले वारुणयन्त्रको लागि बजेट बिनियोजन गरे पनि हालसम्म बारुणयन्त्र खरिद हुन सकेको छैन । अहिले मर्चवारमा दमकल नहुँदा लिएर स्थानीय, प्रदेश र संघीय जनप्रतिनिधिहरुको चर्को आलोचना भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार