मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

लुम्बिनीमा काठ अभाव हुन नदिने र विदेशी काठ आयात रोक्ने मन्त्री कलवारको भनाइ

Ujyalosandeshonline 12431+ समाचार ( )
१ श्रावण २०८२, बुधवार

परासी। लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार ‘सन्तु’ले प्रदेशमा काठको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले उपभोक्तालाई काठको अभाव हुन नदिन प्रदेश सरकारले वृक्षारोपण कार्यलाई तीव्रता दिएको बताउनुभयो ।

पश्चिम नवलपरासीको सुनवलमा मूलपानी सामुदायिक उपभोक्ता समूहले आयोजना गरेको दुईदिने क्षमता विकास तथा उद्घोषण तालिमको उद्घाटन गर्दै मन्त्री कलवारले विदेशबाट काठ आयात रोकेर स्वदेशी काठको बिक्री–वितरणलाई प्राथमिकता दिने नीति ल्याउन लागेको जानकारी दिनुभयो । उहाँले संघीय सरकारको तीन करोड वृक्षारोपणको संकल्पलाई प्रदेश सरकारले पनि अपनत्व लिएर अघि बढेको र यसका लागि निःशुल्क बिरुवा उपलब्ध गराउँदै आएको बताउनुभयो ।

प्रदेशको वन क्षेत्रलाई कृषि उत्पादनसँग जोडेर आत्मनिर्भर बनाउने र वन क्षेत्रको विकास गर्ने सरकारको लक्ष्य रहेको मन्त्री कलवारले उल्लेख गर्नुभयो । उहाँले सिप सिकेर त्यसलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्नुभयो ।

मूलपानी सामुदायिक उपभोक्ता समूह, सुनवलका अध्यक्ष यज्ञप्रसाद पाण्डेका अनुसार, दुई दिनसम्म चल्ने उक्त तालिममा ६० जना महिलाको सहभागिता रहेको छ र खेमराज रेग्मीले प्रशिक्षण दिनुहुनेछ । समूहका उपाध्यक्ष प्रभुलाल मौर्यले वनको वार्षिक कार्यक्रम अनुसार महिलाहरूको क्षमता विकास गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद खड्ग बस्नेत, रामग्राम नगरपालिका वडा नं ४ का वडाअध्यक्ष मदन यादव लगायत अन्य सहभागीहरूले पनि आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार