मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि पहल जारी राखेका छाैं:मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 11005+ समाचार ( )
७ वैशाख २०८२, आइतबार

भैरहवा-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित हवाई उडानका लागि प्रदेश सरकारले निरन्तर पहल गरिरहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय विमानस्थल र हवाई उडानका कारण प्रदेशको आर्थिक तथा पर्यटन व्यवसाय नयाँ उचाइमा पुगेको उल्लेख गर्दै नियमित हवाई उडानका लागि सरकार निरन्तर सक्रिय रहेको उहाँको भनाइ छ ।

भैरहवामा लुम्बिनी खबर सञ्चारगृह प्रालिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले विमानस्थल सञ्चालनका लागि प्रदेश सरकारले संघीय सरकारको ध्यानाकर्षण गराउन सफल भएको जानकारी दिनुभयो । `मेरो नेतृत्वमा सरकार बनेलगत्तै संघीय सरकारको ध्यानाकर्षण गराउन काठमाडौं पुग्यौं । त्यसपछि हवाई उडान सुरु भयो´ उहाँले भन्नुभयो-`अहिले फेरि उडान प्रभावित हुने अवस्थामा पुगेको देखिएको छ । यसमा प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको छ ।´

निजी क्षेत्रबाट थालिएको संघर्षका कार्यक्रमप्रति पनि प्रदेश सरकारको चासो रहेको मुख्यमन्त्री आचार्यले स्पष्ट पार्नुभयो । आफू पछिल्लो समय संघीय राजधानी पुगेका बेला विमानस्थल सञ्चालन र हवाई उडान नियमित गराउने विषयमा प्रधानमन्त्री, अर्थमन्त्रीलगायत उच्च अधिकारीहरूसँग भेटघाट भएको जानकारी दिनुभयो ।

`व्यवसायी साथीहरूको पक्षमा प्रदेश सरकार दृढतापूर्वक उभिन्छ । तपाईंहरूको साथमा प्रदेश सरकार छ । यो विमानस्थल नियमित सञ्चालन गर्न प्रदेश सरकार अविचलित भएर अघि बढ्छ´ मुख्यमन्त्री आचार्यले भन्नुभयो । यस्तै, मुख्यमन्त्री आचार्यले मिडिया क्षेत्र जिम्मेवार भएर समाज सुधारको क्षेत्रमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो । सञ्चार क्षेत्रको जिम्मेवारी संवेदनशील र महत्वपूर्ण भएकाले जिम्मेवारपूर्ण रूपमा भूमिका बढाउन आवश्यक रहेको उहाँको भनाइ थियो ।

सञ्चार माध्यमहरूले वास्तविक विषय जनसमक्ष पुर्‍याउने महत्वपूर्ण भूमिका खेलेकोप्रति आभार प्रकट गर्दै उहाँले पछिल्लो समय सञ्चारको नाममा विकृति भित्रिन थालेको, भ्रमपूर्ण समाचारको खेती मौलाउन थालेको र अराजकतालाई बल पुग्ने गरी सूचनाको चलखेल भइरहेकोप्रति गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार