मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

सामाजिक सञ्जाल बन्दविरुद्धको प्रदर्शनअगाडि रवि लामिछानेको सन्देश : ‘आजको दिन इतिहासको नयाँ सुरुवात हुनसक्छ’

Ujyalosandeshonline 11474+ समाचार ( )
२३ भाद्र २०८२, सोमबार

काठमाडौं । सामाजिक सञ्जाल बन्दको विरोधमा घोषणा गरिएको आन्दोलनलाई समर्थन जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले युवाहरूलाई विशेष सन्देश पठाएका छन् ।  हाल नख्खु कारागारमा रहेका लामिछानेले आफ्ना समर्थक र युवा पुस्तालाई विवेकपूर्वक र शान्तिपूर्ण ढंगमा सडकमा उत्रन आह्वान गरेका हुन् ।

निजी सचिवालयमार्फत सार्वजनिक गरिएको सन्देशमा लामिछानेले लेखेका छन्, ‘तपाईंहरू सडकमा ओर्लँदै हुनुहुन्छ । तपाईंहरूमध्ये धेरैको जीवनमा यो पहिलो सडक प्रदर्शन हुन सक्छ ।’ 

उनले शासकहरूले न त विधिको शासन दिन सकेको र न नै सामाजिक सञ्जालमा आफ्ना भावना बाँड्ने स्वतन्त्रता दिएको आरोप लगाउँदै भनेका छन्, ‘सत्ता र शक्तिको नशामा चुर यिनीहरूलाई थाहा छैन, तपाईंहरूको विवेक र आवेगसँग यो देशको इतिहास बदल्ने शक्ति छ ।’

सन्देशमा लामिछानेले सम्भावित उकासाहट र षड्यन्त्रप्रति पनि सचेत रहन आग्रह गरेका छन् । ‘घुसपैठ हुन सक्छ, सचेत हुनुहोस्। उत्तेजित बनाउन सक्छन्, विवेक प्रयोग गर्नुहोस्,’भन्दै उनले प्रदर्शनमा संयमता अपनाउन आग्रह गरेका छन् ।

आन्दोलनलाई ऐतिहासिक दिनको रूपमा उल्लेख गर्दै उनले लेखेका छन्, ‘भोलिको दिन इतिहासको नयाँ सुरुवातको दिन हो । तपाईंको आफ्नो इतिहास र यो देशको इतिहास पनि तपाईंकै हातबाट लेखिँदैछ ।’उनले नख्खु जेलको कालकोठरीबाट युवाहरूप्रति ‘शुभेक्षा, सद्भाव र ऐक्यबद्धता’ व्यक्त गरेको बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार