मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

भैरहवामा भूमिगत विद्युत लाइनको सपना साकार हुँदै, मेयर खाँ र मन्त्री घिसिङबीच महत्वपूर्ण छलफल

Ujyalosandeshonline 12441+ समाचार ( )
१ मंगशिर २०८२, सोमबार

काठमाडौं । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँ र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङबीच सोमबार सिंहदरबारमा भएको भेटवार्ताले भैरहवा क्षेत्रमा ओभरहेड विद्युत लाइनहरूलाई भूमिगत गर्ने महत्वपूर्ण योजनालाई मूर्तरुप दिने दिशामा अग्रसर गराएको छ। मन्त्री घिसिङले यस योजनाप्रति पूर्ण प्रतिबद्धता व्यक्त गर्दै चाँडै नै आवश्यक प्रक्रिया अगाडि बढाउने बताउनुभएको छ ।

नगरप्रमुख खाँले भैरहवाको कोर सिटी क्षेत्रका मुख्य सडकहरू बंैकरोड, गल्लामण्डी रोड, मैत्रीपथ, नारायणपथ र कोटहीमाई पथमा भूमिगत विद्युत केवल बिछ्याउने योजनाका लागि ४१ करोड ३ लाख ५० हजार रुपैयाँको बहुवर्षीय बजेट माग गर्नुभएको थियो ।

भेटका क्रममा मन्त्री घिसिङले भैरहवाको तीव्र शहरीकरण र बढ्दो उर्जा मागलाई ध्यानमा राख्दै भूमिगत प्रणाली निर्माणलाई प्राथमिकतामा राख्ने बताउनुभयो। उहाँले भन्नुभयो, “यो योजनाले विद्युतीय दुर्घटना न्यूनीकरण, शहरको सौन्दर्य वृद्धि र वातावरण संरक्षणमा महत्वपूर्ण योगदान दिनेछ। हामी छिट्टै प्राविधिक टोली पठाएर कार्यान्वयनको तयारी थाल्छौं।”

यस प्रतिबद्धताप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै नगरप्रमुख खाँले भन्नुभयो, “सिद्धार्थनगर नेपाल–भारत सीमाको व्यस्त व्यापारिक केन्द्र हो। ओभरहेड तारहरूले बारम्बार हुने दुर्घटना र सौन्दर्य ह्रासले हाम्रो शहरको विकासमा बाधा पुर्याइरहेको छ। मन्त्रीज्यूको यो सकारात्मक प्रतिक्रियाले हाम्रो लामो समयदेखिको माग पूरा हुने अपेक्षा छ।”

उहाँले यो योजनाले स्थानीयबासीहरूलाई सुरक्षित र भरपर्दो विद्युत सेवा प्रदान गर्नुका साथै पर्यटकीय आकर्षण बढाउने विश्वास व्यक्त गर्दै स्थानीय तहबाट पूर्ण सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभयो। यस महत्वपूर्ण योजनाले भैरहवाको शहरी विकासमा नयाँ आयाम थप्ने र सुरक्षित तथा सुन्दर शहर निर्माणमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार