मुख्य समाचार
लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने |

प्रधानमन्त्री जस्तो झुटो बोल्ने मान्छे संसारमा छैनन् : सांसद शाही

Ujyalosandeshonline 11008+ समाचार ( )
२४ भाद्र २०८१, सोमबार

काठमाडौं । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले देशको प्रधानमन्त्री जस्तो झुटो बोल्ने मान्छे संसारमै नभएको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद शाहीले विश्व विद्यालयमा दीक्षान्तको लागि पूर्व र  पश्चिमको विद्यार्थी सामेल रहेकै बेला समय छैन भनेर कार्यक्रम पर सार्नुस् भनेर झुट बोलेको आरोप लगाएका हुन् ।

उनले  भने, ‘पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्मका ५६ जना विद्यार्थी दीक्षान्त समारोहका लागि जुम्ला गए । डा.सन्दुक रूइत जानुभयो । हामी गयौं । लास्टमा म आउँदिन, दीक्षान्त समारोह पछाडि सारौं भन्नुभयो । नेपालमा कोही छैन यतिको झुटो बोल्ने मान्छे ।’

उनले हुकुमी शासन भएको भन्दै त्यहाँ गरेको खर्च प्रमको व्यक्तिगत सम्पत्तिबाट असुल उपर गर्नुपर्ने बताए । उनले भ्यूटावर भए दौडिएर जाने तर विश्वविद्यालयको हुँदा नगएको समेत आरोप लगाए ।

उनले भने‚ ‘भ्यूटावर भए दौडिएर जानुहुन्थ्यो होला । विश्वविद्यालय भएर जानुहुन्न ।’ उनले कांग्रेस र एमालेको भातृ सङ्गठनलाई सम्हाल्न समेत चुनौती दिए । उनले कांग्रेस–एमालेलाई विद्यार्थी सङ्गठनको सट्टा गुन्डाहरूको संगठन राख्नुपर्ने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार