मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

दशैंमा सजिदै भैरहवा, विशाल भगवती जागरणको आयोजना हुने

Ujyalosandeshonline 12431+ समाचार ( )
१६ अशोज २०८१, बुधवार

भैरहवा । दशैंमा भैरहवाको मिलनचोक देखि बाणिज्य बैंक सम्म रङ्गीचङ्गी बत्तीहरुले सजाईने भएको छ । श्री श्री सार्वजनिक दुर्गा पूजा समितिको आयोजनामा भैरहवालाई सजाईनुको साथै डाण्डीया कार्यक्रम, भव्य भगवती रात्री जागरण लगायतको कार्यक्रमको आयोजना गरिने बुधबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बताईएको छ ।

समितिका अध्यक्ष रवि जयसवालले दशैंको अवसर पारेर भैरहवाको मिलन चोक देखि बाणिज्य बैंक चोक सम्म सजाईने बताए । यस्तै सप्तमीमा डाउडीया कार्यक्रम र अष्टमी तथा नवमीका दिन भव्य भगवती रात्री जागरण कार्यक्रम गरिने बताए । कार्यक्रममा भारतका प्रसिद्ध कलाकारहरुको प्रस्तुती रहने उनले बताए । जागरण लगायतका कार्यक्रमको सुरक्षा, आपातकालीन अवश्था लगायतबाट जुध्नका लागि मेडिकल टिम सहित एम्बुलेन्स, सिसिटिभी क्यामरा लगायतको व्यवस्था गरिएको उनले बताए । यस्तै सो दिन निशुल्क स्वाथ्य जाँच शिविर पनि सञ्चालन गरिले जयसवालले बताए ।

कार्यक्रममा करिब ९ लाख खर्च लाग्नै र यो खर्च अध्यक्ष तथा अन्य श्रद्धालुहरुको सहयोगबाट व्यस्थापन गरिएको कार्यक्रम संयोजक दिपेश गुप्ताले बताए । उनले कार्यक्रममा १ हजार ५ सय बढी श्रद्धालुहरुको सहभागीता रहने उनले बताए । 

यस अघि दशैं, तिहार, जन्माष्टमी लगायतमा भैरहवामा हुने गरेको श्रद्धालुहरुको उत्साहजनक सहभागीता र बजार चलायमान गराउने उद्देश्य सहित कार्यक्रमको आयोजना गरिएको समितिका सल्लाहकार दिपक कौशलले बताए । उनले दशैं मात्र नभई यस पछि तिहार र जन्माष्टमीमा पनि यस्तै प्रकारका कार्यक्रमहरुको तयारी रहेको बताए । 

सिद्धार्थनगर नगर पालिका वडा नम्बर ५ का वडा अध्यक्ष पुरन प्रसाद श्रेष्ठले कार्यक्रमले भैरहवालाई पहिलाको अवश्थामा ल्याउने सहयोग गर्ने बताउदै यसमा आफ्नो र नगरपालिका कार्यालयको पूर्ण सहयोग रहने बताए । 

समितिका सचिव बिशाल श्रीवास्तवको  सञ्चालनमा सम्पन्न भएको पत्रकार सम्मेलनमा लुम्बिनी प्रेस क्लबका महासचिव शंकर प्रसाद पाण्डे, वडा नम्बर ५ का वडा सदस्य प्रेम नारायण गुप्ता लगायतले बोलेका थिए ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार