मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

एसीसी महिला प्रिमियर कपमा नेपाल ८ विकेटले विजयी

Ujyalosandeshonline 11005+ समाचार ( )
२७ माघ २०८०, शनिबार

काठमाडौं । मलेसियामा आजदेखि सुरु भएको एसीसी महिला प्रिमियर कपमा नेपालले हङकङ माथि ८ विकेटको जित निकालेको छ ।

शनिबार समूह चरणको पहिलो खेलमा नेपालले हङकङ माथि ८ विकेटको जित निकाल्दै नेपालले विजयी सुरुवात गरेको हो ।

हङकङले दिएको ९४ रनको लक्ष्य पछ्याएको नेपालले २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

नेपालका लागि कप्तान इन्दु बर्माले ३३ बल खेल्दै ३ चौका र १ छक्का सहित सर्वाधिक ४० रनको योगदान गरिन ।

यस्तै ३८ बलको सामना गरेकी सिता राना मगरले १ चौका र १ छक्काको मद्दतमा ३६ रनमा अविजित रहिन् ।

दोस्रो विकेटका लागि इन्दु र सिता मिलेर ७६ रनको साझेदारी गरेका थिए । यो नेपालका लागि महिला अन्तराष्ट्रिय टि–२० मा तेस्रो सर्वाधिक साझेदारी पनि हो ।

रुबिना छेत्री भने शुन्यमा नटआउट रहिन् ।  १२ बलको सामना गरेकी ओपनर कविता कुँवरल ४ रन बनाएर आउट भइन ।

हङकङका लागि इक्रा सहर र कप्तान चान का यिंग क्यारीले समान एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर मलेसियाको सेलाङ्गोर टर्फ क्लबमा पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ९३ जोडेको थियो ।

हङकङका लागि कप्तान चान का यिंग क्यारीले ३१ बल खेल्दै ३ चौका सहित सर्वाधिक २१ रन बनाइन् । यस्तै, मर्यम बिबीले १८ रन, यास्मिन दस्वानीले १५ रन ओपनर नताशा माइल्सले ११ रनको योगदान गरिन् ।

हङकङका अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् । नेपालका लागि रुबिना क्षत्रीले र पुजा महतोले सर्वाधिक २–२ विकेट लिए । यस्तै सिता राना मगरले १ विकेट लिइन् ।  

एसीसी महिला प्रिमियर कपमा १६ टोलीको सहभागिता रहेको छ । १६ टोलीलाई ४ समुहमा विभाजन गरिएको छ भने फाइनल पुग्ने दुई टोलीले एसीसी महिला एसिया कप खेल्ने छन् ।  यस्तै सेमिफाइनल पुग्ने चार टोली इमर्जिङ एसिया कप खेल्ने छन् ।  नेपाल रहेको समूह डी मा हङकङ बाहेक माल्दिभ्स र भुटान रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै