मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

कैलाली–कञ्चनपुरका किसानहरूलाई उद्यमशील बनाउँदै सुरो नेपाल

Ujyalosandeshonline 12431+ समाचार ( )
८ जेठ २०८२, बुधवार

कैलाली र कञ्चनपुर जिल्लाका किसानहरूलाई आत्मनिर्भर र उद्यमशील बनाउने अभियानमा सुरो नेपाल संस्था निरन्तर रूपमा सक्रिय रहँदै आएको छ । संस्था विगत ३–४ वर्षदेखि यी दुबै जिल्लाका किसानहरूलाई हाते ट्याक्टर र विभिन्न कृषि औजारहरू उपलब्ध गराउँदै सहयोग गर्दै आइरहेको छ ।

सुरो नेपालले हालसम्म करिब तीन हजार किसानलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पु¥याएको छ । तीमध्ये करिब ५ सय किसानलाई हाते ट्याक्टर र अन्य औजार उपलब्ध गराएर उनीहरूलाई आधुनिक कृषि प्रणालीमा जोड्न सहयोग पु¥याइएको छ । यस अभियानले किसानहरूको उत्पादन क्षमता वृद्धि गर्नुका साथै उनीहरूलाई आत्मनिर्भर बन्न प्रेरणा दिएको छ ।

सुरो नेपाल संस्था समाजसेवी सुसिला खड्काको सक्रियतामा सञ्चालित छ । समाजसेवा क्षेत्रमा लामो समयदेखि क्रियाशील रहिआएकी खड्काले किसानहरू मात्र नभई बालबालिका तथा गरिब, दुःखी, अपाङ्ग व्यक्तिहरूलाई समेत विविध रूपमा सहयोग गर्दै आएकी छन् । 

सुसिला खड्काले भनेकी छिन्, ‘हामीले गरेको सानो सहयोगले कसैको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने विश्वासका साथ यो अभियान निरन्तरता दिइरहेका छौँ ।’स्थानीय तहदेखि संघीय सरकारसम्म, यस्ता संस्थागत पहलले कृषक वर्गको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने विज्ञहरू बताउँछन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार