मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

ओमसतिया गाउँपालिका अध्यक्ष कप क्रिकेट प्रतियोगिता : उपाधि वडा नम्बर ६ लाई

Ujyalosandeshonline 11005+ समाचार ( )
८ जेठ २०८२, बुधवार

भैरहवा–ओमसतिया गाउँपालिका स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगिताको तेश्रो संस्करणको उपाधि वडा नम्बर ६ले जितेको छ । आज (बुधवार) पडसरीको केवटलिया कर्मडाडा स्थित क्रिकेट मैदानमा सम्पन्न फाइनलमा वडा नम्बर २ लाई ४ विकेटले पराजित गर्दै वडा नम्बर ६ ले अध्यक्ष कप क्रिकेटको उपाधि चुमेको हो । वडा नम्बर ६ ले जित सँगै नगद ६० हजार रुपैयाँ र ट्रफी समेत प्राप्त गरेको छ । 

यस अघिको अध्यक्ष कपको दोश्रो संस्करणको विजेता समेत रहेको वडा नम्बर ६ले उपाधि रक्षा गर्न सफल भएको छ । उप विजेता वडा नम्बर २ ले ३० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्यो । गत वर्षको फाइनलमा पनि वडा नम्बर ६ ले वडा नम्बर २ लाई पराजित गरेको थियो ।

जितका लागी पाएको ११६ रनको लक्ष्य वडा नम्बर ६ ले १२दशमलब २ ओभरमा ६ विकेटको नोक्सानीमा पुरा गर्यो । वडा नम्बर ६ को जितमा रवि यादव र अनिल यादवले समान २६।२६ रन बनाए भने सुरज गुप्ताले १८, सुनिल हरीजन र किशोर यादवले समान १३।१३ तथा कृष्ण पासीले १२ रन बनाएका थिए । 

बलिंगमा वडा नम्बर २का अभिषेक ,सन्तोष ओलिले २।२ तथा बसन्त र अजय यादवले १।१ विकेट लिएका थिए । यस अघि टस हारेर ब्याटिङ गर्न आएको वडा नम्बर २ले निर्धारित १५ ओभरको खेलमा १३ दशमलब १ ओभरमा सवै विकेट गुमाई ११५ रन बनाएको थियो । 

वडा नम्बर २ का लागी बबि छन्त्यालले आकर्षक ईलिंग खेल्दै ५ चौका र ३ छक्काको मद्दतले २६ बलमा ४८ रन बनाएका थिए । तर त्यो जितका लागी पर्याप्त भएन । त्यसै गरी सुमितले २०,आदर्शले १४ तथा सन्तोष ओलीले ११ बाहेक अन्य खेलाडीले दोहोरो अङ्कको योगफल बनाउन सकेनन् ।बलिंगमा वडा नम्बर ६ का नितेश बरुणले ६ विकेट लिए ।

प्रतियोगितामा वडा नम्बर ३ का रुपेश यादव म्यान अफ द सिरिज घोषित हुदै ५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे भने उत्कृष्ट ब्याटसम्यानको उपाधि वडा नम्बर ३ कै रूपेश यादवले पाए । उनले २ हजार ५ सय रुपैया र ट्रफी पाए भने उत्कृष्ट बलरको उपाधि वडा नम्बर ६ का नितेश बरुण घोषित हुदै २ हजार ५ सय रुपैयाँ र ट्रफी प्राप्त गरे । त्यसै गरी अनुशासित टिमबाट ओमसतिया गाउँपालिका ए टिम १० हजार रुपैयाँ बाट पुरस्कृत भयो ।

बिजयी तथा उप बिजयी टिम र उत्कृष्ट खेलाडीहरूलाई ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादव(सोनु),उपाध्यक्ष सुनिता चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थी, लेखा शाखा प्रमुख कमल शर्मा, ओमसतिया गाउँपालिका वडा २ का अध्यक्ष सितल जिटी, वडा ६ का अध्यक्ष शिव कुमार धवल लगायतले नगद पुरस्कार, ट्रफी, पदक, प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगिता ओमसतिया गाउँपालिकाको आयोजनामा सञ्चालन भएको हो ।

प्रतिक्रिया

Dev Dhawal ८ जेठ २०८२, बुधवार

बधाई छ

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार