मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

दिदी बहिनी सहकारीको ११ औं साधारण सभा सम्पन्न : प्रतिवेदन पारित, उत्कृष्ट सदस्य सम्मानित

Ujyalosandeshonline 12437+ समाचार ( )
२६ मंगशिर २०८२, शुक्रबार

कञ्चन । कञ्चन–४, सुनगाभा चोकस्थित दिदी बहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं साधारण सभा सम्पन्न भएको छ। सुनगाभा सामुदायिक विकास केन्द्रको परिसरमा आयोजित सभाले संस्थाका अध्यक्ष सुमित्रा बुढाथोकीको वार्षिक प्रतिवेदन र लेखा संयोजक निरा रानाको लेखा सुपरिवेक्षण प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ।

सभाका प्रमुख वक्ता जिल्ला सहकारी संघ रुपन्देहीका महासचिव दामोदर पंगेनीले केही सहकारीको गलत प्रवृत्तिका कारण राम्रा संस्थाले समेत कडा नियमनको सामना गर्नु परेको र स्वायत्तता गुम्दै गएको बताउनुभयो। यस्तै, कञ्चन सहकारी सञ्जालका अध्यक्ष पुष्पराज शर्माले गाउँपालिकामा सहकारीको संख्या घटाउन मर्जर (समायोजन) को विकल्प नभएको र ३० प्रतिशत बढी वित्तीय कारोबार गर्नेले प्राधिकरणको अनुमति लिनुपर्ने बताउनुभयो।

४४४ जना महिला शेयर सदस्य रहेको यस संस्थाले गत आर्थिक वर्षमा ५ लाख १३ हजार २१९ रुपैयाँ नाफा कमाएको छ भने जगेडा कोषमा १८ लाख १३ हजार रुपैयाँ रहेको छ। सभामा जेष्ठ शेयर सदस्य भूमा उपाध्याय तथा असल ऋणी अर्मता फौजदार र रिना थापालाई सम्मान गरिएको थियो।

कार्यक्रममा धारेहर साकोसका अध्यक्ष कविराज ढकाल, निश्चल कृषिका अध्यक्ष जगीलाल थापा लगायतले सरकारको पछिल्लो सहकारी नीति शेयर सदस्य मैत्री नभएको गुनासो गर्नुभएको थियो। संस्थाका अध्यक्ष सुमित्रा बुढाथोकीको अध्यक्षता, उपाध्यक्ष कमला बि.क.को सञ्चालन र सदस्य सुशिला क्षेत्रीको स्वागतमा सम्पन्न सभामा सदस्यहरूले उठाएका जिज्ञासाको जवाफ अध्यक्ष बुढाथोकीले दिनुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार