लुम्बिनी प्रदेशका मुख्यमन्त्रीद्वारा ‘सरलताका आदर्श’ पुस्तक विमोचन

Ujyalosandeshonline 11469+ समाचार ( )
६ भाद्र २०८२, शुक्रबार

भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भैरहवाका प्रतिष्ठित व्यवसायी स्व. प्रह्लाद कुमार अग्रवालको स्मृतिमा लेखिएको ‘सरलताका आदर्श’ नामक पुस्तकको विमोचन गरेका छन । भैरहवामा आयोजित एक समारोहबीच मुख्यमन्त्री आचार्यले उक्त पुस्तकको लोकार्पण गरेका हुन ।

कार्यक्रममा बोल्दै वक्ताहरूले स्वर्गीय प्रह्लाद कुमार अग्रवालले भैरहवाको आर्थिक, सामाजिक र शैक्षिक विकासमा पुर्याएको योगदानको प्रशंसा गरे। स्व. अग्रवालका समकक्षी साथीहरु अर्जुन जङ्ग राणा, दिलिप कुमार भट्टराई, कृष्ण प्रसाद शर्माले उनलाइ एक सरल, इमान्दार र नैतिकवान् व्यवसायीको रूपमा चित्रण गर्दै समाजमा उनले पुर्याएको  प्रेरणादायी प्रभावको चर्चा गरे ।

समयको परिवर्तनसँगै विदेशबाटसमेत आधुनिक प्रविधिका मेसीन एवम् उपकरण ल्याएर भैरहवा क्षेत्रलाई औधोगिक केन्द्रकोरुपमा विकास गर्न उनले गरेको योगदान प्रशंसनीय रहेको वक्ताले बताए । देश र समाजलाई कसरी योगदान दिन सकिन्छ भनेर लागिपर्ने अग्रवाल औधोगिक क्रियाकलापका अतिरिक्त समाजसेवा र धार्मिक क्रियाकलापहरूमा संलग्न भई सामाजिक संस्थाका माध्यमबाटसमेत सक्रिय रहेका थिए ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका युवा तथा खेलकूद मन्त्री सन्तोष कुमार पाण्डेले अग्रवालबाट धेरै कुरा सिक्न सकिने बताए । अहिलेका युवाहरुले अग्रवालबाट सेवा र अनुशासन सिक्न सकिने बताए । 

यस्तै पूर्व गृहमन्त्री बालकृष्ण खाँणले पुस्तक अग्रवाल परिवारको लागि मात्र नभइ भैरहवाकै लागि ऐतिहासिक दस्तावेज रहेको बताए । उनले नेपालको औद्योगिक विकास, सामाजिक विकासमा अग्रवाल परिवारको धेरै देन रहेको बताउदै खाँणल राज्यको तर्फबाट अग्रवाल परिवारलाइ सम्मान र साथ दिनुपर्ने बताए । मित्रता, स्नेह, सम्बन्ध, विश्वास जस्ता कुराहरु दिवंगत अग्रवालबाट सिक्न सकिने उनले बताए । 

खाँणले स्व. प्रहलाद अग्रवालमा विलक्षण प्रतिभा, समाजसेवी भावना रहेको बताउदै अल्प समयमै भएको उनको देहावसानले समाजलाइ क्षती पुगेको जिकिर गरे । उनको स्मृतिमा निकालिएको पुस्तकले भैरहवाको ईतिहास रहेको जिकिर गर्दै यसले सबैलाइ भैरहवालाइ अझै बढी सुन्दर र प्रभावकारी बनाउन मार्गदर्शन गर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेशका मूख्यमन्त्री चेत नारायण आचार्यले धार्मिक आस्था र सामाजिक उत्तरदायित्वप्रति समर्पित रहेका अग्रवालको जीवनपद्धति यथार्थमै सरलताको आदर्श रहेको चर्चा गरे । आधुनिक प्रविधिको उपयोग, दूरदृष्टि र निष्ठापूर्वक गरिएको कर्मले भैरहवा क्षेत्रलाई औद्योगिक केन्द्रको रूपमा स्थापित गर्न उनले खेलेको भूमिका उल्लेखनीय रहेको उनको जिकिर थियो ।

देश र समाजका लागि केही गर्ने भावनासाथ जीवनभर समर्पित उनको योगदान भावी पुस्ताका लागि प्रेरणाको स्रोत बन्नेछ भन्नेमा आफु दृढ विश्वास राखेको उनले बताए ।

मुलुकको समृद्धिको आधार कृषि, पर्यटन, जलस्रोत, ऊर्जा र औद्योगिक विकास हो भन्ने हाम्रो स्पष्ट दृष्टिकोण रहेको छ । राजनीतिक परिवर्तनपछि अपेक्षित आर्थिक रूपान्तरण सम्भव बनाउन राज्य, निजी क्षेत्र र सरोकारवाला सबैको साझा प्रयास आवश्यक हुन्छ।  सरलताका आदर्श पुस्तकमा समावेश विचार र दस्तावेजहरूले पनि मुलुकको विकासमा योगदान पुर्याउने प्रेरणा दिन सक्ने छन् भन्ने अपेक्षा लिएको उनले बताए ।

'सरलताका आदर्श' नामक पुस्तकले स्व. अग्रवालको जीवनका विभिन्न पक्षहरू, उनको संघर्ष, सफलता र समाजप्रतिको समर्पणलाई समेटेको छ। पुस्तकले नयाँ पुस्तालाई सादगी, इमान्दारी र निरन्तर परिश्रमको महत्त्वबारे प्रेरित गर्ने विश्वास व्यक्त गरिएको अग्रवालका छोरा राजेश कुमार अग्रवालले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार