मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

गुरूकुल एउटा वैज्ञानिक र व्यवहारिक शिक्षा पद्धति : राष्ट्रपति पौडेल

Ujyalosandeshonline 11474+ समाचार ( )
१ फाल्गुन २०८०, मङ्गलबार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गुरूकुल एउटा वैज्ञानिक र व्यवहारिक शिक्षा पद्धति भएको बताएका छन् । उनले गुरुकुल शिक्षाले मौलिक संस्कृति र आफ्नो माटोको रक्षार्थ महत्वपूर्ण योेगदान गर्ने बताए ।

देवघाटधाममा सञ्चालित गार्गी कन्या गुरुकुलको सहयोगार्थ मंगलबारदेखि काठमाडौंको पाशुपत् क्षेत्रमा आयोजना गरिएको श्रीमद्भागवत् ज्ञान महायज्ञको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले गार्गी गुरुकुल देशकै पहिलो कन्या गुरुकुलकोरुपमा सञ्चालन भएकोप्रति खुसी व्यक्त गरे । 

‘गुरूकुल एउटा वैज्ञानिक र व्यवहारिक शिक्षा पद्धति हो । यसबाट उत्पादन भएका विद्यार्थीहरूले मौलिक संस्कृति र माटोको रक्षार्थ महत्वपूर्ण भूमिका खेल्न सक्दछन् भन्ने लाग्दछ,’ उनले भने ।

उनले देशकै पहिलो कन्या गुरुकुलले गुरुकुलको बातावरणमा वैदिक ज्ञानसँगै अन्य विधाहरुमा समेत ज्ञान प्रदान गरेर उच्च शिक्षासम्मको पढाइका लागि सहयोग पु¥याउनुपर्ने बताए । ‘गुरुकुलको बातावरणमा वैदिक शिक्षा दिने प्रबन्ध गर्नु सुखद पक्ष हो । हामीले महिलाहरूलाई पनि वैदिक ज्ञान र सम्मान अर्पण गर्न सक्नुपर्दछ । यसका लागि राज्यले पनि विशेष ध्यान दिनेछ भन्ने विश्वास लिएको छु,’ उनले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार